२०८३ साउन २१ गते बिहीबार

गण्डकी प्रदेश र कास्कीमा काेराेनाको पछिल्लो अवस्था यस्तो

गण्डकी प्रदेश र कास्कीमा काेराेनाको पछिल्लो अवस्था यस्तो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ पुस २१ गते मंगलबार ०२:५९

पोखरा । गण्डकी प्रदेशमा हालसम्म १४ हजार ८ सय ११ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । १ लाख २१ हजार ६१४ जनामा गरिएको परिक्षणबाट सो संख्याका संक्रमित भेटिएका हुन् । प्रदेशभर हाल ८९४ जना सक्रिय संक्रमित रहेका छन् भने १३...

कास्की अझै जोखिममा

पोखरा । गण्डकी प्रदेशमा हालसम्म १४ हजार ८ सय ११ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । १ लाख २१ हजार ६१४ जनामा गरिएको परिक्षणबाट सो संख्याका संक्रमित भेटिएका हुन् । प्रदेशभर हाल ८९४ जना सक्रिय संक्रमित रहेका छन् भने १३ हजार ७०१ जना निकाे भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेशभर हालसम्म कुल १९४ जनाले काेराेना भाइरसको संक्रमणपछि ज्यान गुमाएका छन् । यता कास्कीमा मात्रै हालसम्म ६ हजार ९०७ जनामा संक्रमण पुष्टि भएको छ । ६ हजार २१४ जना निको भएका छन् भने हाल कास्कीमा ५८६ जना सक्रिय संक्रमित रहेका छन् । काेभिडकै कारण कास्कीमा हालसम्म १०७ जनाले ज्यान गुमाइसकेका छन् ।

यस्तै, मंगलबार गण्डकी प्रदेशमा थप ५८ जनामा काेराेना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये ३६ जना कास्कीका रहेका छन् । नवलपरासी पूर्वका ७ जना, लमजुङ्का ११ जना, बाग्लुङ्का ८ जना, गोरखाका १ जना र म्याग्दीका २ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यो संगै प्रदेशभर हालसम्म १४ हजार ८ सय ११ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।

प्रकाशित मिति २०७७ पुस २१ गते मंगलबार ०२:५९

हजुरको प्रतिक्रिया