पाेखरा ।
आईसीसी टी- २० विश्वकप क्रिकेटमा दक्षिण अफ्रीकाले दिएकाे ११६ रनको लक्ष्य पछ्याएकाे नेपालले एकै ओभरमा २ विकेट गुमाएकाे छ ।
पहिलाे विकेटका रूपमा कुशल भुर्तेललाई गुमाएकाे हाे । ८ औं ओभरकाे दाेस्राे बलमा शम्सीलाई रिभरस्वीप खेल्न खाेज्दा भुर्तेलले आफ्नो विकेट सुम्पन पुगे । भुर्तेलले २१ बल खेलेर १३ रन बनाउँदै पवेलियन फर्किए ।
भुर्तेल पवेलियन फर्केपछि क्रिजमा आएका कप्तान राेहित पाैडेलसमेत शम्सीलाई ठुलाे सट खेल्न खाेज्दा बाेल्ड आउट भए ।
वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रीकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाएकाे थियाे ।
दक्षिण अफ्रीकासामु नेपालका स्पिनरले कसिलो बलिङ गरे ।
बलिङमा नेपालका लागि कुशल भुर्तेलले ४ र दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । ४ ओभर बलिङ गरेका कुशल्ले १९ रन खर्चेर ४ र दीपेन्द्रले २१ रन खर्चेर ३ विकेट लिए । ब्याटिङमा दक्षिण अफ्रीकाका रीजा हेनरिक्सले सर्वाधिक ४३ रन बनाए । उनले ४९ बलमा ५ चौका र १ छक्काको मद्दतमा ४३ रन जोडे ।
प्रकाशित मिति २०८१ असार १ गते शनिबार ०७:४३




