२०८३ साउन २१ गते बिहीबार

फेदीखोलामा सामुदायिक कुकुरको बन्ध्याकरण

फेदीखोलामा सामुदायिक कुकुरको बन्ध्याकरण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार २ गते आइतबार ११:५१

नेपालमा प्रत्येक वर्ष ३५ देखि ३६ हजार मानिसले रेबिजविरुद्धको खोप लगाउने गरेका छन् । रेबिजबाट नेपालमा हरेक वर्ष कम्तीमा पनि २ सय जनाको मानिसको मृत्यु हुने गरेको छ ।

 

फेदीखोला ।

स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नम्बर १ मा पहिलो पटक सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ ।

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाको आयोजना र वडा कार्यालयको सहकार्यमा सडक बस्तीमा छाडा छाडिएका कुकुरलाई रेबिजविरुद्धको खोपसँगै बन्ध्याकरण गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बन्ध्याकरण भइसकेपछि प्रजनन् शक्ति कमजोर हुने भएकाले सन्तान नहुने र संख्या कम हुने बताए । उनले कुकुरको शौचलाई पनि व्यवस्थित बनाउन आवश्यक रहेको उल्लेख गरे ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. रुपेस श्रेष्ठले रेबिज रोगको उपचार नहुने भएकाले यसको लागि सचेत हुन आग्रह गरे ।

छाडा छाडिएका कुकुरले मोटरसाइकलमा समेत आक्रमण गरेर दुर्घटना भएको गुनासो आइरहेकाले यो अभियान सुरु गरेको वडाध्यक्ष अमृत क्षेत्रीले बताए ।

छाडा कुकुरलाई अनावश्यक रुपमा झुण्याएर मार्ने र बाघको शिकारको रुपमा रहने अवस्थालाई अन्त गर्न अभियान थालेकोे उनको भनाइ छ ।

यस वर्ष स्याङ्जाको पुतलीबजार र वालिङ नगरपालिकामा गरि करिब ४ सय कुकुरको बन्ध्याकरण गरिसकिएको छ । फेदीखोलामा ५० बढी कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाइएको छ ।

विश्वभरि हरेक वर्ष करिब ६० हजार मानिस कुकुरको टोकाइबाट सर्ने रोग रेबिजबाट मर्ने गरेका छन् ।

नेपालमा प्रत्येक वर्ष ३५ देखि ३६ हजार मानिसले रेबिजविरुद्धको खोप लगाउने गरेका छन् । रेबिजबाट नेपालमा हरेक वर्ष कम्तीमा पनि २ सय जनाको मानिसको मृत्यु हुने गरेको छ ।

 

 

प्रकाशित मिति २०८१ असार २ गते आइतबार ११:५१
हजुरको प्रतिक्रिया