२०८३ साउन २१ गते बिहीबार

 ईश्वरको ट्रेलर सार्वजनिक (भिडियोसहित)

 ईश्वरको ट्रेलर सार्वजनिक (भिडियोसहित)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार ४ गते मंगलबार ०४:३७

काठमाडौं । साउन ११ गतेदेखि देशव्यापी रिलिज हुने फिल्म 'ईश्वर'को ट्रेलर सार्वजनिक भएको छ । राजु गिरी निर्देशित फिल्म ईश्वरको ट्रेलमा अन्तरजातीय प्रेम कथालाई प्रमुख कथा बनाईएको छ । सामाजिक विषयवस्तुमा बनेको फिल्मको ट्रेलर निर्माण...


काठमाडौं ।

साउन ११ गतेदेखि देशव्यापी रिलिज हुने फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक भएको छ ।

राजु गिरी निर्देशित फिल्म ईश्वरको ट्रेलमा अन्तरजातीय प्रेम कथालाई प्रमुख कथा बनाईएको छ । सामाजिक विषयवस्तुमा बनेको फिल्मको ट्रेलर निर्माण कम्पनीले सामाजिक संजाल युट्युबमार्फत सार्वजनिक गरेको हो ।

राजु गिरीले निर्देशन गरेको फिल्मको ट्रेलरमा ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाई, रविन्द्र झा, कृष्टि गुरुङलगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मलाई हरिबहादुर थापाले निर्माण गरेका हुन् । फिल्ममा भोजराज देवकोटाको पटकथा तथा संवाद छ ।
लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको फिल्ममा ध्रुव थापा, पृथ्वीराज प्रसाईं, अनु शाह, सुनिल थापा, सविन बास्तोला, माओत्से गुरुङ, शिशिर बाङ्देल, ध्रुव थापा, रविन्द्र झा, बुद्धि तामाङ, कृष्टि गुरुङ, गीता अधिकारीलगायतको अभिनय छ ।

अभिनेत्री अनु शाहले ५ वर्षपछि यसै फिल्मबाट अभिनयमा कमब्याक गरेकी छन् । उनको पछिल्लो प्रदर्शनमा आएको फिल्म ‘पसिना’ हो ।

फिल्ममा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी रहेको छ । रामेश्वर हुँमागाईको छायांकन रहेको फिल्ममा देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ । फिल्मको वितरणको आरआर फिल्मसले गर्दैछ । 

प्रकाशित मिति २०८१ असार ४ गते मंगलबार ०४:३७
हजुरको प्रतिक्रिया