पोखरा ।
कास्कीलाई पराजित गर्दै स्याङजाले गण्डकी प्रदेश पुरुष टि-२० क्रिकेटको उपाधिे जितेको छ । पोखरा रंगशालामा बिहिबार भएकोे फाइनल खेलमा स्याङ्जाले कास्कीलाई ६ विकेटले पराजित गरेको हो ।
१ सय ८ रनको लक्ष्य पछ्याएको स्याङ्जाले ३९ बल बाँकी छंदै लक्ष्य भेट्टायो । स्याङजाका करण पगेनीले अविजित ४१ र सन्दिप खत्री क्षेत्री ३६ रन जोडे । त्यसअघि टस जितेर ब्याटिङ गरेको कास्की १९ ओभर ३ बलमा १०७ रनमा समेटिएको थियो । कास्कीका सिव्रिन श्रेष्ठ सर्वाधिक १८ रनको योगदान दिएका थिए ।
उपाधिसंगै स्याङ्जाले नगद १ लाख र उपविजेता कास्कीले नगद ५० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा नवलपुरका प्रमिश अर्याल सर्वोत्कृष्ट खेलाडी चुनिए । तनहुँका दिनेश बुढा मगर उत्कृष्ट ब्याटर र बाग्लुङका सञ्चार निउरे उत्कृष्ट बलर घोषित भए । उनीहरुले नगदसहित ट्रफी प्राप्त गरे ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जेठ ३२ गतेबाट सुरु भएको प्रतियोगिामा ८ जिल्लाले सहभागिता जनाएका थिए । प्रदेशस्तरीय टि-२० महिला क्रिकेट प्रतियोगिता शुक्रबारबाट सुरु हुन लागेको छ प्रतियोगितामा चार टिम सहभागी छन् ।
प्रकाशित मिति २०८१ असार ६ गते बिहीबार ०५:४६




