२०८३ साउन २१ गते बिहीबार

पोखरा थिएटरमा शुक्रबार र शनिबार तीन भारतीय नाटक मञ्चन हुँदै

पोखरा थिएटरमा शुक्रबार र शनिबार तीन भारतीय नाटक मञ्चन हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार ६ गते बिहीबार ०७:५७

ज्ञसँगको सहकार्य र पोखरा थिएटरको आयोजना शुक्रबार र शनिबार पोखरा थिएटरमा इन्डो नेपाल स्लो थिएटर फेस्टिबल हुन लागेको हो ।

पोखरा
पोखरा थिएटरमा शुक्रबार र शनिबार इन्डो नेपाल स्लो थिएटर फेस्टिबल हुने भएको छ । ज्ञसँगको सहकार्य र पोखरा थिएटरको आयोजना शुक्रबार र शनिबार पोखरा थिएटरमा इन्डो नेपाल स्लो थिएटर फेस्टिबल हुन लागेको हो ।

फेस्टिबलमा तीन भारतीय नाटक मञ्चन गरिने पोखरा थिएटर निर्देशक परिवर्तनले जानकारी दिए । हरियारा राज्यबाट आएका टिमले शुक्रबार र शनिबार तीन नाटक मञ्चन गर्ने उनको भनाइ छ ।

शुक्रबार बेलुका ५ बजे पहिलो नाटक डेढ इंच उपर मञ्चन हुनेछ । शनिबार बिहान ११ बजे दोस्रो दयाशंकरको डायरी र साँझ साढे ५ बजे तेस्रो नाटक किस्सागोइ–३ मञ्चन हुने थिएटरका निर्देशक परिवर्तनले बताए । मञ्चन गरिने सबै नाटक एकल नाटक रहेको परिवर्तनको भनाइ छ ।

प्रकाशित मिति २०८१ असार ६ गते बिहीबार ०७:५७
हजुरको प्रतिक्रिया