२०८३ साउन २१ गते बिहीबार

गण्डकी प्रदेश स्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिता सुरु

गण्डकी प्रदेश स्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिता सुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार ७ गते शुक्रबार ०८:२०

प्रदेश खेलकुद परिषद् र प्रदेश क्रिकेट संघको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा प्रतियोगिता सुरु भएको हो ।

पोखरा
गण्डकी प्रदेश स्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रदेश खेलकुद परिषद् र प्रदेश क्रिकेट संघको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा प्रतियोगिता सुरु भएको हो । ४ टिम सहभागी प्रतियोगितामा शीर्ष दुई टोलीले फाइलन खेल्नेछन् ।

पहिलो दिनको खेलमा कास्की र स्याङ्जा विजयी भएका छन् । प्रतियोगिताको उद्घाटन खेलमा कास्कीले पर्वतलाई ४९ रनले पराजित गरेको हो । कास्कीले दिएको एक सय रनको लक्ष्य पछ्याएको पर्वत १४ ओभर १ बलमा ५० रनमा समेटिएको थियो । पर्वतका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा कास्कीका पुर्णिमा गुरुङले ३, यशोदा भुजेल र चन्द्रमाया बरालले दुईदुई, रचना चौधरी र स्मारिका चौधरीले एकएक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कास्कीले निर्धारित १५ ओभरमा ५ विकेट गुमाउँदै ९९ रन जोडेको थियो । कास्कीकी सिर्जना पौडेलले सर्वाधिक २१ रन जोडिन् । चन्द्रमाया बरालले १८ र सम्झना विकले १३ रनको योगदान दिए । बलिङमा पर्वतका शुशिला भट्टराईले २, कृषा अखेली, विपाशा विक र जिविका अधिकारीले एकएक विकेट लिए ।

आजै भएको दोस्रो खेलमा स्याङ्जाले नवलपुरलाई ९ विकेटले पराजित ग¥यो । नवलपुरले दिएको ३८ रनको लक्ष्य स्याङ्जाले ५ ओभर २ बलमा १ विकेट गुमाएर पूरा ग¥यो । स्याङ्जाकी युनिशा सेनले सर्वाधिक २६ रन जोडिन् । कुशुम गोदार ६ र ज्योत्सनिका मरासिनी ४ रनमा अविजित रहे । बलिङमा नवलपुरकी पूजा लामिछानेले एक विकेट लिइन् ।

यसअघि पहिला ब्याटिङ गरेको नवलपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ३७ रन जोडेको थियो । नवलपुरकी धनकुमारी श्रेत्रीले सर्वाधिक ९ रन जोडेकी थिइन् । बलिङमा स्याङ्जाका सिर्जना केसीले २, निरु जिटी र अपेक्षा बुढाथोकीले एकएक विकेट लिए । शनिबार हुने पहिलो खेलमा स्याङ्जा र पर्वत र दोस्रो खेलमा नवलपुर र कास्की भिड्नेछन् । फाइनल खेल आइतबार हुनेछ ।

प्रकाशित मिति २०८१ असार ७ गते शुक्रबार ०८:२०
हजुरको प्रतिक्रिया