२०८३ साउन २१ गते बिहीबार

रोहित, सन्दीप र दीपेन्द्रले ग्लोबल टी-२० क्यानडा क्रिकेट लिग खेल्ने

रोहित, सन्दीप र दीपेन्द्रले ग्लोबल टी-२० क्यानडा क्रिकेट लिग खेल्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार ८ गते शनिबार ०१:१४

काठमाडौं । नेपाली तीन खेलाडीले क्यानडाको टी-२० लिग खेल्ने भएका छन् । नेपालका कप्तान रोहितकुमार पौडेल, अलराउण्डर दीपेन्द्र सिंह ऐरी र बलर सन्दीप लामिछानेले ग्लोबल टी-२० क्यानडा क्रिकेट लिग खेल्ने भएका हुन् । ऐरी र लामिछाने भ्यानकुभर...

काठमाडौं । नेपाली तीन खेलाडीले क्यानडाको टी-२० लिग खेल्ने भएका छन् ।

नेपालका कप्तान रोहितकुमार पौडेल, अलराउण्डर दीपेन्द्र सिंह ऐरी र बलर सन्दीप लामिछानेले ग्लोबल टी-२० क्यानडा क्रिकेट लिग खेल्ने भएका हुन् । ऐरी र लामिछाने भ्यानकुभर नाइट्स तथा रोहित टोरोन्टो नेशनल्समा अनुबन्ध भएका छन् ।

नेपालका कप्तान रोहित पहिलो पटक विदेशी फ्रेन्चाइज लिगमा छनोट भएका हुन् । सन्दीप र दीपेन्द्रले यसअघि नै क्यानडामा लिग खेलिसकेका छन् ।

ऐरी यूएईको आईएल टी-२० लिगमा समेत रिटेन भएका छन् ।   गल्फ जायन्टले दीपेन्द्रलाई रिटेन गरेकाे हाे ।

प्रकाशित मिति २०८१ असार ८ गते शनिबार ०१:१४
हजुरको प्रतिक्रिया