२०८३ साउन २१ गते बिहीबार

‘स्व’ को पोखरामा गृहविमोचन

‘स्व’ को पोखरामा गृहविमोचन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार ८ गते शनिबार ०५:४४

गत हप्ताको शनिबार पुस्तकको काठमाडौंमा विमोचन भएको थियो ।

पोखरा

साहित्यकार सरस्वती प्रतिक्षाको उपन्यास ‘स्व’ को गृहविमोचन गरिएको छ । शनिबार पोखरामा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठ, तीर्थ श्रेष्ठले ‘स्व’ को गृह विमोचन गरेका हुन् ।

पुस्तकको विमोचन गर्दै श्रेष्ठले पोखराबाट पाठकमाझ अब्बल पुस्तक आएको बताए । बौद्धिकताको फराकिलो बाटोबाट उपन्यास लेखिएको उनको भनाइ छ । ‘नेपाली आख्यानमा स्वको उपस्थिति दरिलो छ’, श्रेष्ठले भने ।

लेखन गनेस पौडेल र साहित्यकार रिता अधिकारीले पुस्तकको परिचर्चा गरेका थिए । कलाकार अनुप बराल र दिया मास्केले उपन्यासको अंश वाचन गरे ।

पोखरेली युवा साँस्कृतिक परिवारले ‘स्व’ को गृह विमोचनको चाँजोपाजो मिलाएको हो । गत हप्ताको शनिबार पुस्तकको काठमाडौंमा विमोचन भएको थियो ।

सात वर्षअघि प्रतिक्षाले ‘नथिया’ उपन्यास लेखेकी थिइन् । पाठक र समीक्षकको प्रतिक्रियाले हौसिएकी उनको यो दोस्रो उपन्यास हो ।

समाज, दर्शन र चिन्तनलाई पुस्तकमा समेटेको सरस्वती प्रतिक्षाको भनाइ छ । बौद्ध दर्शनको स्वादसहितको उपन्यास लेखेको उनले बताइन् । बुकहिल पब्लिकेसनले प्रकाशन गरेको ‘स्व’ २९६ पृष्ठ लामो छ ।

 

 

प्रकाशित मिति २०८१ असार ८ गते शनिबार ०५:४४
हजुरको प्रतिक्रिया