पोखरा
गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला हक्की प्रतियोगिताको उपाधी कास्कीले जितेको छ ।
पोखराको रामवजारस्थित भारतीय पेन्सन क्याम्पको मैदानमा शनिवार भएको फाइनलमा खेलमा बागलुङलाई ३–० गोल अन्तरले पराजित गर्दै कास्कीले उपाधी रक्षा गरेको हो ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना र गण्डकी प्रदेश हक्की संघको व्यवस्थापनमा शुक्रबार प्रतियोगिता सुरु भएको थियो । गत वर्ष पनि कास्की तनहुँलाई पराजित गर्दै उपाधी जित्न सफल भएको हो ।
स्याङ्जाले तनहुँलाई १–० गोल अन्तरले पराजित गर्दै तेस्रो स्थान सुरक्षित गरेको छ ।
विजेता कास्कीले नगद २० हजार, उपविजेता बागलुङले १५ हजार र तेस्रो भएको स्याङजाले १० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
१० औं राष्ट्रिय खेलकुदको पूर्वतयारीस्वरुप प्रतियोगिताको आयोजना भएको हो ।
प्रकाशित मिति २०८१ असार ८ गते शनिबार ०७:२५