२०८३ साउन २१ गते बिहीबार

क्रसर उद्योग नविकरणको माग राख्दै व्यवसायी आन्दोलित

क्रसर उद्योग नविकरणको माग राख्दै व्यवसायी आन्दोलित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार ९ गते आइतबार ०१:४९

क्रसर, बालुवा तथा खानी उद्योगहरु तत्काल नवीकरणको माग राख्दै क्रसर व्यवसायीहरूले शान्तीपुर्ण सडक प्रदर्शन गरेका छन् ।

काठमाडौं ।

क्रसर, बालुवा तथा खानी उद्योगहरु तत्काल नवीकरणको माग राख्दै क्रसर व्यवसायीहरूले शान्तीपुर्ण सडक प्रदर्शन गरेका छन् ।

क्रसर, बालुवा तथा खानी उद्योग नियमानुसार नवीकरण गर्नुपर्ने,  २०७९ माघ ११ गतेको मन्त्रीपरिषद्को बैठकले ढुंगा गिट्टीसम्बन्धी भएको निर्णय कार्यान्वयन गर्नुपर्ने लगायत मागहरु राख्दै क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।

उनीहरुले ‘क्रसर, बालुवा तथा खानी उद्योगहरु तत्काल नविकरण गर’, ‘स्वदेशी पुँजी लगानीको सुरक्षा गर’, ‘मन्त्रिपरषद्को निर्णय कार्यान्वयन गर’  लगायतका प्लेकार्ड बोकेका थिए ।

व्यवसायीहरूले सरकारले क्रसर उद्योगीहरूको माग तत्काल सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति २०८१ असार ९ गते आइतबार ०१:४९
हजुरको प्रतिक्रिया