२०८३ साउन २१ गते बिहीबार

विश्व बैङ्कको आर्थिक सहयोगमा तेस्रो सडक स्तरोन्नति परियोजना सम्झौता

विश्व बैङ्कको आर्थिक सहयोगमा तेस्रो सडक स्तरोन्नति परियोजना सम्झौता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार ९ गते आइतबार ०१:५४

पोखरा विश्व बैङ्कको आर्थिक सहयोगमा निर्माण हुने तेस्रो परियोजना दोविल्ला–बाघमारा–तिक्लाङ्–बडहर कोट–लामगाडी–चापलाङ–उपल्लो पुडिँटार–तल्लो पुँडीटार–झिगटे (जनजागृती मा वि) तगारेगौडा–तल्लो गगनगौडाँ सडक स्तरोन्नतिका लागि सम्झौता...

पोखरा
विश्व बैङ्कको आर्थिक सहयोगमा निर्माण हुने तेस्रो परियोजना दोविल्ला–बाघमारा–तिक्लाङ्–बडहर कोट–लामगाडी–चापलाङ–उपल्लो पुडिँटार–तल्लो पुँडीटार–झिगटे (जनजागृती मा वि) तगारेगौडा–तल्लो गगनगौडाँ सडक स्तरोन्नतिका लागि सम्झौता भएको छ । सडकको स्तरोन्नतिका लागि पोखरा महानगरपालिका र निर्माण कम्पनी आसिस निर्माण सेवा प्रा।ली भरतपुरसँग सम्झौता भएको हो । ३९० दिनमा निर्माण सम्पन्न गर्ने गरी पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा र निर्माण कम्पनीका प्रतिनिधि बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

विश्व बैङ्कको ७७ करोड ६८ लाख ९२ हजार ८३७ रुपैयाँ लागत सहयोगमा निर्माण हुने सडकको सेक्सन एक र दुई गरी दुई वटा खण्डमा काम हुनेछ । सडकको पहिलो सेक्सनमा वडा नं।३३ को कार्यालयदेखि उपल्लो पुँडीटारसम्म ९।६२७ कि।मी र दोस्रो सेक्सनमा पहिलो सेक्सनको जक्सनदेखी तल्लो गगनगौडाँ ९पृथ्वीराज मार्ग० सम्म २।८१३ कि।मी सडक निर्माण हुनेछ । परियोजना अन्तरगत करिब १२।४४ कि।मी सुविधा सम्पन्न सडक निर्माण हुनेछ । ७ मिटर चौडाइको सडक अस्फाल्ट पिच हुनेछ । सडकको दायाँबायाँ ड्रेन सहितको २र२ मिटरको फुट ट्र्याक हुनेछ । सम्झौता पश्चात् परियोजनाको जोइन्ट सर्वेको काम सुरु भइसकेको छ । अबको केही दिनमा फिल्डमा काम सुरु हुनेछ । सडक स्तरोन्नति कार्य तोकिएको समयमा सम्पन्न गर्न र निर्माणमा गुणस्तर कायम गर्न निर्माण कम्पनीलाई प्रमुख प्रशासकीय अधिकृत श्याम कृष्ण थापाले निर्देशन दिए।

यसअघि विश्व बैङ्कका दक्षिण एसिया क्षेत्र हेर्ने प्रमुख समेतको उपस्थितिमा परियोजनाको स्थलगत अवलोकन गरिएको थियो । सो क्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सडकको स्तरोन्नतिका लागि परियोजना छनौटको प्राथामिकीकरणमा जोड दिए । ३ अर्ब आर्थिक सहायता मध्ये ताल चोक बेगनास सडकको लगानीबाट बचेको रकम परिचालनका सम्बन्धमा विश्व बैङ्कले परियोजना प्रस्ताव गर्न आग्रह गरे बमोजिम प्रमुख आचार्यले उक्त सडक स्तरोन्नतिलाई प्राथमिकतामा राखेका हुन् । यसका अलवा विश्व बैङ्क कै सहयोगमा शिशुवा–शिशाघाट सडकको समेत काम थालिएको छ ।

हाल पोखरामा विश्व बैङ्कको आर्थिक सहयोगमा ताल चोक बेगनास सडक निर्माण र शिशुवा–शिशाघाट सडक निर्माण परियोजना सञ्चालनमा रहेको छ । थप परियोजनाको रूपमा दोविल्ला–बाधमारा–तिक्लाङ्–बडहर कोट–लामगाडी–चापलाङ–उपल्लो पुडिँटार–तल्लो पुँडीटार–झिगटे (जनजागृती मा वि) तगारेगौडा–तल्लो गगनगौडाँ सडक स्तरोन्नति गर्न लागिएको हो । दोविल्लादेखि वडा कार्यालय सम्मको बाटो सडक विभागले निर्माण गरिरहेको छ भने, तीनकुनेदेखि दोविल्ला पुलसम्मको बाटो भने प्रदेश सरकारको लगानी निर्माण भइरहेको छ । यसका लागि पनि महानगरपालिकाले विशेष पहल गरिरहेको छ

प्रकाशित मिति २०८१ असार ९ गते आइतबार ०१:५४
हजुरको प्रतिक्रिया