पोखरा ।
राष्ट्रिय धान दिवसको अवसरमा यहि असार १५ गते चौथो संस्करणको हेमजा हिले महोत्सव–२०८१ हुने भएको छ ।
देवीस्थान सेवा समाज हेमजाको आयोजनामा हुने महोत्सवको तयारी तीव्र पारिएको छ ।
हेमजालाई कृषि पर्यटनसँग जोड्नुका साथै किसान हुनुमा युवापुस्तालाई गर्व गराउँदै कृषिमा आकर्षण बढाउने उदेश्यका साथ महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ ।
महोत्सवले समग्र पोखराका साथै विष्णुपादुका माई मन्दिरमा पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको समाजका अध्यक्ष एवं महोत्सव मुल आयोजक समिति संयोजक हरिशरण पौडेले बताए ।
“कृषिमा कृषकलाई पोत्साहन ः विष्णुपादुका माई मन्दिर हेमजाको सान” भन्ने मुल नाराका साथ आयोजित यस महोत्सवमा हिलोमा फुटबल, महिला पुरुष हिले दौड, रस्साकस्सी, घैँटो फुटाउने, झाँकी प्रदर्शनी, विद्मालय स्तरीय धान रोप्ने प्रतियोगिता, हल गोरु दौड, माछा समाउने, असारे गीत प्रतियोगिता साथै उत्कृष्ट किसान सम्मान कार्यक्रम हुनेछ ।
उक्त महोत्सवमा विभिन्न कलाकारहरुको सांस्कृतिक प्रस्तुति समेत रहने छ ।
प्रतियोगितामा प्रथम र द्वितीय हुने व्यक्ति वा समूहलाई नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
महोत्सब सञ्चालनका लागि अनुमानित खर्च रु ७ लाख ३५ हजार लाग्ने अनुमान गरिएको देवीस्थान सेवा समाज कोषाध्यक्ष एवं महोत्सवका अर्थ संकलन संयोजक चन्द्रकला पोख्रेलले जानकारी दिईन् ।
प्रकाशित मिति २०८१ असार १० गते सोमबार १०:५३




