२०८३ साउन २१ गते बिहीबार

पठाओ र इनड्राइभ एप प्रयोग गरी यात्रुलाई ओसारपसार गर्ने २६ सवारी साधन नियन्त्रण

पठाओ र इनड्राइभ एप प्रयोग गरी यात्रुलाई ओसारपसार गर्ने २६ सवारी साधन नियन्त्रण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार १० गते सोमबार ०६:१७

पोखरा प्रहरीले पोखरामा पठाओ र इनड्राइभ एप प्रयोग गरी यात्रुलाई ओसारपसार गर्ने २६ सवारी साधनलाई नियन्त्रण लिएको छ । जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले निजी तथा सार्वजनिक...

पोखरा
प्रहरीले पोखरामा पठाओ र इनड्राइभ एप प्रयोग गरी यात्रुलाई ओसारपसार गर्ने २६ सवारी साधनलाई नियन्त्रण लिएको छ ।

जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले निजी तथा सार्वजनिक सवारी साधनले दर्ता नगरी अनधिकृत मोवाईल एप प्रयोग गरी यात्रुलाई ओसारपसार गर्ने सवारी साधनलाई नियन्त्रणमा लिएको हो ।

२२ वटा स्कुटर र मोटरसाइकल तथा ४ वटा चारपांग्रे सवारी साधनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

गण्डकी प्रदेश यातायात व्यबस्था कार्यालय कास्कीको दर्ता नगरी चलाइएका विभिन्न एपहरुको प्रयोग गरी यात्रु ओसारपसार गर्न नदिने भन्ने निर्देशनानुसार सवारी साधनलाई नियन्त्रणमा लिएको डिएसपी शर्माले बताए ।

सोमबार नियन्त्रणमा लिइएको सवारी साधनलाई अब उप्रान्त दर्ता नगरी सञ्चालन नगर्ने गरी एक पटकलाई सम्झाई बुझाई गरी सम्बन्धित सवारी धनिलाई सवारी साधन जिम्मा लगाइएको डिएसपी शर्माको भनाइ छ ।

प्रकाशित मिति २०८१ असार १० गते सोमबार ०६:१७
हजुरको प्रतिक्रिया