पोखरा
कास्कीको मादी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि ६९ करोड बजेट ल्याएको छ ।
गाउँपालिकाका उपाध्यक्ष कल्पना गुरुङले गाउँ सभाको १५ औं अधिवेशनमा आगामी आर्थिक वर्षका लागि ६९ करोड १ लाख ५७ हजार ५ सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।
उपाध्यक्ष गुरुङले पूर्वाधार क्षेत्रको दिगो विकास, पर्यटन प्रबर्धन तथा वातावरण संरक्षण र खोज र अनुसन्धानमा जोडलाई प्राथमिकतामा राखेर बजेट ल्याएको बताइन् । चालुतर्फ ४१ करोड २ लाख ५५ हजार र पूजीगततर्फ २७ करोड ९९ लाख २ हजार ५ सय रुपैयाँ विनियोजन भएको छ ।
गाउँपालिकाल वडाबाट छनोट भएका वडा स्तरीय योजना तथा कार्यक्रमका लागि ७ करोड ३३ लाख बजेट विनियोजन गरेको छ ।
साझेदारीमा विकास कार्यक्रम वडा नं. १० को वडा कार्यालय निर्माण र वडा नं. ११ को सैमराङ् स्वास्थ्य चौकी, एक वडा एक हेलिप्याट र एक वडा एक गरिब घर निर्माणका लागि बजेट विनियोजन भएको छ । आर्थिक विकास क्षेत्रतर्फ गाउँपालिकाले ६ करोड ८४ लाख ५० हजार रुपैया बजेट विनियोजन गरेको छ ।
गाउँपालिकाले अध्यक्षसंग उद्धमी कार्यक्रमका, युवा स्वरोजगार कार्यक्रम, किसानलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम र विद्यालयसंग कृषि कार्यक्रम सञ्चालन गर्न गाउँपालिकाले बजेट विनियोजन गरेको छ ।
प्रकाशित मिति २०८१ असार १० गते सोमबार ०८:०८




