२०८३ साउन २१ गते बिहीबार

लमजुङमा पहिरोमा परी २ जनाको मृत्यु, एकै परिवारका ३ बेपत्ता

लमजुङमा पहिरोमा परी २ जनाको मृत्यु, एकै परिवारका ३ बेपत्ता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार १२ गते बुधबार १०:२३

क्व्होलासोथार गाउँपालिका–३ बगुममा बुधबार बिहान पहिरोले घर पुरिदा ६९ वर्षीय रुद्रमान गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

पोखरा ।

लमजुङमा पहिलोले पुरिदा २ जनाको मृत्यु भएको छ ।

क्व्होलासोथार गाउँपालिका–३ बगुममा बुधबार बिहान पहिरोले घर पुरिदा ६९ वर्षीय रुद्रमान गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

सोही ठाउँमा पहिरोमा परी एकै परिवारका तीन जना वेपत्ता लमजुङ प्रहरीका इन्स्पेक्टर मेघनाथ चापागाईले जानकारी दिए ।

उनका अनुसार पहिरोमा परी पन्चकुमारी गुरुङ र उनका छोरी इच्छा गुरुङ र नम्रता गुरुङ वेपत्ता भएका हुन् । पहिरोमा परी भिमबहादुर घले घाइते भएको र उपचार भैरहेको छ ।

त्यस्तै लमजुङकै दोर्दी–९ धैरेनीमा बुधबार बिहान पहिरोले घर पुरिदा १६ वर्षीय विकल सुनारको मृत्यु इन्स्पेक्टर चापागाईले जानकारी दिए ।

सोही पहिरोमा परी विकलका दाइ १८ वर्षीय मिलन सुनार घाइते भएको इन्स्पेक्टर चापागाईले बताए ।

प्रकाशित मिति २०८१ असार १२ गते बुधबार १०:२३
हजुरको प्रतिक्रिया