२०८३ साउन २१ गते बिहीबार

सिडर्स महिला फुटबल : उदघाटन खेलमा नेपालले जोर्डनसँग खेल्ने

सिडर्स महिला फुटबल : उदघाटन खेलमा नेपालले जोर्डनसँग खेल्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार १२ गते बुधबार १०:४७

यही असार २६ गतेबाट लेबनानमा सुरु हुने प्रतियोगिताको सार्वजनिक तालिकाअनुसार नेपालले उदघाटन खेल जोर्डनसँग खेल्ने छ ।

पोखरा ।

लेबनानमा आयोजना हुने चारदेशीय सिडर्स महिला अन्तरराष्ट्रिय फुटबलको खेल तालिका सार्वजनिक भएको छ ।

यही असार २६ गतेबाट लेबनानमा सुरु हुने प्रतियोगिताको सार्वजनिक तालिकाअनुसार नेपालले उदघाटन खेल जोर्डनसँग खेल्ने छ ।

यो खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजेदेखि सुरु हुनेछ ।

त्यस्तै नेपालले असार २९ मा दोस्रो खेल बंगलादेशसँग खेल्नेछ । तालिका अनुसार साउन १ गते नेपालले घरेलु टोली लेबनानसँग खेल्नेछ ।

असार २६ गतेदेखि लेबनानमा सुरु हुने प्रतियोगिता साउन १ गतेसम्म चल्ने छ ।

प्रतियोगितामा आयोजक लेबनानसहित बंगलादेश, जोर्डन र नेपालले सहभागिता जनाउनेछ ।

जोर्डनले ६ पटक वाफ च्याम्पियनशिप जितेको छ भने बंगलादेश सन् २०२२ को साफ च्याम्पियन टोली हो ।

प्रकाशित मिति २०८१ असार १२ गते बुधबार १०:४७
हजुरको प्रतिक्रिया