पोखरा
स्टेप बाइ स्टेप मावीले एसईई कप फुटसलका विजेता विद्यार्थीलाई सम्मान गरेको छ । यस वर्ष एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै आयोजना भएका सात प्रतियोगितामा विजेता विद्यार्थीलाई शुक्रबार विद्यालयले सम्मान गरेको हो ।
विद्यालयका प्राचार्य निर्मला बराल, निर्देशक रमाकान्त बराल, सहप्राचार्य दीपक गिरी लगायतले खादा र मालाले सम्मान गरे । विद्यार्थीले जितेको ट्रफी विद्यालय प्रशासनलाई हस्तानतरण गरेका छन् । फुटसलका लगातारको सफलतामा महत्वपूर्ण भुमिका खेलेको टिम कोच सुदीप गिरीलाईसमेत विद्यालयले सम्मान ग¥यो ।
कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र कम्प्युटर विज्ञानको अध्यापन गराउँदै आइरहेको विद्यालयले खेलकूद क्षेत्रलाई पनि प्राथमिकता दिदैं आइरहेको छ ।
शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद महत्वपूर्ण रहेको विद्यालयकी प्राचार्य निर्मला बरालले बताइन् । स्टेप बाइ स्टेप बास्केटबल, फुटसल, टेबलटेनिस, क्रिकेट लगायतका खेलजकुदका प्रतियोगिता गर्दै आइरहेको छ ।
प्रकाशित मिति २०८१ असार १४ गते शुक्रबार ०१:०५