२०८३ कात्तिक १० गते सोमबार

शिक्षा

पोखरा विश्वविद्यालयले अनलाइन कक्षा सुरु गर्ने

पोखरा विश्वविद्यालयले अनलाइन कक्षा सुरु गर्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ भदौ २५ गते बिहीबार १२:२२

हाल पदाधिकारीहरू नभएकाले नीतिगत निर्णय गर्न अप्ठ्याराे भएकाे र दशैं तिहार अगाडि स्थगित परीक्षाहरु सुरु गर्न पनि सम्भव नदेखिएकाले सबैकाे राय लिएर याे निर्णयमा विश्वविद्यालय पुगेकाे डिन हरिबहादुर खड्काले बताए ।

पोखरा विश्वविद्यालयले समेत अनलाइन कक्षा सुरु गर्ने भएको छ । विश्वविद्यालय व्यवस्थापन संकायका डिन हरि बहादुर खड्काले एक सुचना जारी गर्दै विद्यार्थीहरुलाई लामो समय पठनपाठनबाट अलग राख्नु उचित नभएकाले अनलाइन विधिबाट कक्षा संचालन गर्न विश्वविद्यायका सबै कलेजहरूलाई अनुराेध गरेका छन् ।

विश्वविद्यालयमा पदाधिकारीहरू नभएकाे अवस्थामा विश्वविद्यालयका वर्तमान तथा निवर्तमान सराेकारवालाहरूसँगकाे भर्चुअल बैठकबाट याे निर्णयमा पुगेकाे डिन खड्काले बार्दली न्युजलाई बताए । हाल पदाधिकारीहरू नभएकाले नीतिगत निर्णय गर्न अप्ठ्याराे भएकाे र दशैं तिहार अगाडि स्थगित परीक्षाहरु सुरु गर्न पनि सम्भव नदेखिएकाले सबैकाे राय लिएर याे निर्णयमा विश्वविद्यालय पुगेकाे उनले बताए ।

काेराेना संक्रमणपछि सरकारले लकडाउन घाेषणा गरेकाे अवस्थामा विश्वविद्यालयका सबै पदाधिकारीहरूकाे पदावधी सकिएपछि विगत पाँच महिनादेखि विश्वविद्यालयका आङ्गिक स्कुलहरु, संयुक्त आङ्गिक कलेजहरु तथा सम्बन्धन प्राप्त कलेजहरुमा पठनपाठन ठप्प थियाे ।

प्रकाशित मिति २०७७ भदौ २५ गते बिहीबार १२:२२
हजुरको प्रतिक्रिया