२०८३ साउन २१ गते बिहीबार

सुदूरपश्चिममा भीम रावललाई कारबाही

सुदूरपश्चिममा भीम रावललाई कारबाही

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ पुस २३ गते बिहीबार ०१:४५

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपाले सुदूरपश्चिम प्रदेश कमिटी विस्तार गरेका छ । प्रदेश ईञ्चार्ज रहेका भीम रावललाई कारबाही सिफारिस गर्दै प्रदेश कमिटी विस्तार भएको हो । नेकपा दुई खेमामा विभाजित बन्दा रावल नेकपा...

प्रधानमन्त्री ओली शुक्रबार धनगढी जाने

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपाले सुदूरपश्चिम प्रदेश कमिटी विस्तार गरेका छ । प्रदेश ईञ्चार्ज रहेका भीम रावललाई कारबाही सिफारिस गर्दै प्रदेश कमिटी विस्तार भएको हो ।

नेकपा दुई खेमामा विभाजित बन्दा रावल नेकपा प्रचण्ड-नेपाल पक्षमा छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रदेश कमिटीको चौथो विस्तारित बैठकले बुधबार प्रदेश कमिटी विस्तार गरी पाँच सय ५१ सदस्यीय बनाएको छ ।

सुदूरपश्चिम प्रदेश संयोजकमा ओली पक्षले लेखराज भट्टलाई प्रमुख बनाएको छ । प्रदेश अध्यक्ष भने कर्णबहादुर थापा छन् । थापाकै अध्यक्षतामा बसेको बैठकले प्रदेश कमिटी विस्तार गरेको छ । ‘पुस २४ गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख वक्ताका रूपमा राजधानी बाहिर पहिलोपटक धनगढीमा हुने जनसभालाई सम्बोधन गर्नु हुने भएकोमा उक्त कार्यक्रमलाई सानदार रूपमा सफल पार्न योजनावद्ध ढंगले जनपरिचालनमा जुट्ने निर्णय गरेको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले उल्लेख गरेका छन् ।

थापाका अनुसार पार्टीको खाताबाट पैसा निकालेकोले रावललाई कारवाही सिफारिससमेत गरिएको छ ।

‘बैठकले पार्टीकाे खाताबाट ३० लाख नगद झिकेर हिनामिना गरेकाेमा भीम रावललाई कारबाही गर्न सिफारिशसमेत गरेकाे उल्लेख गरिएको छ ।

प्रकाशित मिति २०७७ पुस २३ गते बिहीबार ०१:४५
हजुरको प्रतिक्रिया