२०८३ साउन २१ गते बिहीबार

डेंगुले यूएईमा एक म्याग्देलीको मृत्यु

डेंगुले यूएईमा एक म्याग्देलीको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार २० गते बिहीबार ०७:२२

म्याग्दी युनाईटेड अरब इमिरेट्स (यूएई) मा कार्यरत एक म्याग्देलीको डेंगुको संक्रमणबाट ज्यान गएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङका टपिन जुग्जाली ‘शुसिल’को गत जुन २७ तारिख राशिद अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो...

म्याग्दी
युनाईटेड अरब इमिरेट्स (यूएई) मा कार्यरत एक म्याग्देलीको डेंगुको संक्रमणबाट ज्यान गएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङका टपिन जुग्जाली ‘शुसिल’को गत जुन २७ तारिख राशिद अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

बिरामी भएपछि उपचारको क्रममा अस्पतालमा पुगेका जुग्जालीलाई चिकित्सकले डेंगुका कारण उनको ज्यान गएको बताएपनि थप जानकारी आउन बाँकी रहेको मोना यूएईका अध्यक्ष सुवास राम्जालीले जानकारी दिए ।

‘उपचारकै क्रममा मृत्यु भएको बताइएको छ, थप कानुनी प्रक्रिया पूरा गरी शब नेपाल पठाउने प्रयासमा छौ, डेढबर्षभन्दा बढी अवैध बसेकाले प्रक्रिया झन्झटिलो हुन्छ’ उनले भने ।

श्रम स्वीकृति नभएको र गैरकानुनी रुपमा बसोबास गरेकाको अवस्थामा ज्यान जाँदा शब फिर्ती प्रक्रिया झन्झटिलो हुने भएपनि नेपाली दुताबासमार्फत आवश्यक प्रक्रियाका लागि शुक्रबार जाने महासचिव काजिमान बुढाथोकीले बताए ।

मृतकको आवश्यक कागजात पराष्ट्र मन्त्रालयबाट मगाएर तथा नेपाली समाज यूएईका अध्यक्ष बेदप्रसाद अर्यालले सहयोग गरिरहेका छन् । मृतक जुग्जाली कम्पनी छोडेर बसेको र सिकिस्त बिरामी भएपछि अस्पतालमा पुगेको बताइएको छ ।

प्रकाशित मिति २०८१ असार २० गते बिहीबार ०७:२२
हजुरको प्रतिक्रिया