२०८३ साउन २१ गते बिहीबार

अटिजमकाे कथामा बनेकाे फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’को पोखरामा विशेष प्रदर्शनी हुने ( ट्रेलरसहित )

अटिजमकाे कथामा बनेकाे फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’को पोखरामा विशेष प्रदर्शनी हुने ( ट्रेलरसहित )

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार २१ गते शुक्रबार १२:०३

पाेखरा । नेपाली फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’को सामाजिक प्रदर्शनी सुरु गरिने भएको छ। यसको सुरुवात पोखराबाट हुन लागेको निर्देशक अनिता पण्डितले जानकारी दिएकि छन् । निर्देशक पण्डितका अनुसार यी शोहरू बालबालिकामा हुने अटिजम...

पाेखरा ।

नेपाली फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’को सामाजिक प्रदर्शनी सुरु गरिने भएको छ। यसको सुरुवात पोखराबाट हुन लागेको निर्देशक अनिता पण्डितले जानकारी दिएकि छन् ।

निर्देशक पण्डितका अनुसार यी शोहरू बालबालिकामा हुने अटिजम (अन्तर्मुखी स्वभाव) सम्बन्धी सचेतना, स्वीकार तथा एलजिबिटिक्यूएको बारेमा जनचेतना जगाउने उद्देश्य लिएर आयोजना गर्न लागिएको हो। पाेखरामा असार २५ गते साँझ ६ बजे पोखराको ट्रेड मलमा रहेको क्यूएफएक्स (सिनेप्लेक्स) सिनेमा हलमा पहिलो प्रदर्शन हुने भएको छ।

पहिलो शो पोखराबाट भएपछि नेपालका विभिन्न सहरहरू तथा नेपाल बाहिर पनि प्रदर्शन गरिने छ।

सेन्सर बोर्डले पिजी प्रमाणपत्र प्रदान गरेको यस फिल्म अटिजम भएकी छोरी र फरक यौन चाहना भएकी आमाको सङ्घर्षपूर्ण कथा रहेको छ भने आध्यात्मिक चिन्तन फिल्मा रहेको छ।

निर्देशक पण्डितले भनिन्,‘एक बच्चामा देखिएको अटिजम (अन्तर्मुखी स्वभाव) र आफ्नो व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको सङ्घर्षपूर्ण कथामा चलचित्र बनेको छ।अनेकौँ आकाङ्क्षा बिच रुमलिएकी महिलाको जीवनको कथा, अटिजम र यौन शिक्षाको अभिमुखीकरणमा यो चलचित्रले अहम् भूमिका खेल्ने विश्वास लिएकी छु।’

यस फिल्ममा अनिता पण्डित, सुरविना कार्की, निशान चौहान, कैलाश रावल, रोशनी कार्की र बाल कलाकार आश्वि घिमिरेको प्रमुख अभिनय रहेको छ। आश्वि फिल्मसले यो फिल्म निर्माण गरेको हो।

प्रकाशित मिति २०८१ असार २१ गते शुक्रबार १२:०३
हजुरको प्रतिक्रिया