पोखरा
गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री एवं सरकारका प्रवक्ता डाक्टर टकराज गुरुङले अहिले बनेको समिकिरण स्थिर राजनीतिका लागि भएको बताएका छन् । पब्लिक फोरके टेलिभिजनसंगको संवादमा प्रवक्ता गुरुङले यो समिकरण सरकार बन्ने बनाउनका लागि मात्र नरहेको दावी गरे ।
राजनीतिक स्थायित्व र स्थिर सरकारविना सुशासन र समृद्धी सम्भव नभएकाले नतृत्वले सुझबुझकासाथ संविधान संसोधनको विषय उठाएको उनको भनाई छ ।
कांग्रेस र एमाले मात्र हैन अरु राजनीतिक दललाई समेत मिलाएर राष्ट्रिय सरकार बनाएर आम समस्यालाई सम्बोधन गर्ने र संविधानलाई संसोधन गर्ने गरी सहमती हुनु सकारात्मक रहेको उनले बताए । स्थिर राजनीतिका लागि निर्वाचन प्रणाली मार्फत सम्बोधन गर्ने कुरालाई गण्डकी सरकारले पनि सकारात्मक रुपमा लिएको उनको भनाइ छ ।
उनले केन्द्रीय समिकरण जस्तै प्रदेशमा पनि कांग्रेस–एमाले मिलेर नै सरकार बन्ने बताए । अहिले भइरहेको बहुमतको सरकारमा एमाले सामेल हुने र सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारले निरन्तरता पाउने उनले बताए ।
प्रवक्ता गुरुङले अस्थिर राजनीतिका कारण गण्डकीमा १८ महिनामा ४ वटा सरकार फेरबदल भएको स्मरण गरे । अर्को प्रसंगमा प्रवक्ता गुरुङले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको लागि सरकार गम्भिर भएर लाग्ने बताए । साउनदेखी कार्यसूची र समयसूची बनाएर बजेट कार्यान्वयनमा लैजाने उनको भनाई थियो ।
प्रकाशित मिति २०८१ असार २१ गते शुक्रबार ०८:१५




