२०८३ कात्तिक ११ गते मंगलबार

पर्वतमा पहिरोमा पुरिएका एक जना शव फेला

पर्वतमा पहिरोमा पुरिएका एक जना शव फेला

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार २२ गते शनिबार ०७:१२

गोठभन्दा माथिको पाखाबाट आएको पहिरोमा परेर पर्वतमा एक जनाको मृत्यु भएको छ । भने एक जना बेपत्ता भएका छन् ।

पोखरा
गोठभन्दा माथिको पाखाबाट आएको पहिरोमा परेर पर्वतमा एक जनाको मृत्यु भएको छ । भने एक जना बेपत्ता भएका छन् ।

पर्वत फलेवास नगरपालिका–१ कार्कीनेटामा पहिरोमा परेर स्याङ्जाको आँधिखोला गाउँपालिका–३ का तुलसीराम पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

पहिरोमा पुरिएर झलक पौडेल बेपत्ता भएको पर्वत प्रहरी प्रमुख खुमलाल भुसालले जानकारी दिए । बेपत्ताको खोजी भइरहेको भुसालले बताए । स्थानीय र सुरक्षाकर्मीले उद्धारको प्रयास गरिरहेको उनको भनाइ छ ।

पहिरोमा परेर झलक पौडेलको घरमा पालिएका दुई वटा भैँसी, एउटा गोरु र चार वटा बाख्रा पनि पुरिएका छन् । शुक्रवारदेखि अविरल रूपमा भइरहेको वर्षाले झलकको घर नजिकै रहेको गोठमाथिको पाखो गलेको जस्तो देखिएको थियो । गोठमा पहिरो आउन सक्ने सम्भावना देखेर गोठमा रहेका चौपाया निकाल्न गएकै बेलामा पहिरो आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८१ असार २२ गते शनिबार ०७:१२
हजुरको प्रतिक्रिया