२०८३ साउन २१ गते बिहीबार

पहिरोमा पुरिएका २ जनाको शव निकालियो

पहिरोमा पुरिएका २ जनाको शव निकालियो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार २३ गते आइतबार ०८:३४

श्याम भण्डारीको अहिले बिहान र हिरा नेपालीको हिजो बेलुकी शव भेटिएको हो । पहिरोमा पुरिएकी अनिषा बास्तोलाको शव अझै भेटिएको छैन ।

तनहुँ ।

तनहुँको शुक्लागण्डकी ७ काउरेमा पहिरोले घर पुरिदाँ बेपत्ता भएका ३ मध्ये २ जनाको शव निकालिएको छ ।

श्याम भण्डारीको अहिले बिहान र हिरा नेपालीको हिजो बेलुकी शव भेटिएको हो । पहिरोमा पुरिएकी अनिषा बास्तोलाको शव अझै भेटिएको छैन ।

त्यस्तै पृथ्वी राजमार्गको दमौली–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको सेरामा हिजो दिउँसो देखि अवरुद्ध सडक आज बिहानबाट एकतर्फी रूपमा सुचारू भएको छ ।

नयाँ कजवे निर्माण गरि यातायात एकतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

सोही खण्डको मनहरिमा सडकमा बगेको हिलो लेदोको कारण सवारी साधनहरू फसेका छन् । यातायात मुस्किलले चलेका छन् । यात्रा निकै कष्टकर छ ।

 

प्रकाशित मिति २०८१ असार २३ गते आइतबार ०८:३४
हजुरको प्रतिक्रिया