पोखरा ।
एसीसी महिला टी–२० क्रिकेटको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले श्रीलंकासँग अभ्यास खेल खेल्ने भएको छ ।
नेपालले भोलि, पर्सि र १६ जनुलाईमा श्रीलंका डेभलपमेन्ट टिमसँग टी–२० अभ्यास खेल्नेछ ।
नेपाली महिला टोली र श्रीलंका डेभलपमेन्ट टिमबीच भोलि अभ्यास खेल सुरु हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
यी दुई टोलीबीच सरी भ्यालीमा तीन वटा अभ्यास खेल हुनेछन् ।
आगामी एसिया कपको तयारीमा रहेको नेपाली महिला टोली हिजो साँझ कोलम्बो पुगेको थियो ।
आगामी १९ जुलाई अर्थात् साउन ४ गते सुरु हुने एसीसी टी–२० महिला क्रिकेटमा नेपाल समूह एमा छ ।
नेपालको समूहमा नेपालसहित भारत, पाकिस्तान र युएईको महिला टोली छन् । समूह बीमा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्याण्डका महिला टोली छन् ।
प्रकाशित मिति २०८१ असार २४ गते सोमबार १०:२८