२०८३ साउन २१ गते बिहीबार

स्कुटर आँधीखोलाको बिचमा, चालक सम्पर्कविहिन

स्कुटर आँधीखोलाको बिचमा, चालक सम्पर्कविहिन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार २४ गते सोमबार १०:४७

स्कुटरमा सवार श्रेष्ठ हालसम्म सम्पर्कविहिन रहेकोमा खोजी कार्य तथा थप अनुसन्धान भइरहेको उनले बताए ।

स्याङ्जा ।

स्याङ्जाको पुतलीबजार नगरपालिका मालेबगरस्थित आँधीखोलाको बिचमा बगाएर ल्याई अड्किएको अवस्थामास्कुटर फेला परेको छ ।

भिरकोट नगरपालिका –४ छाङ्छाङ्दी बस्ने ४० वर्षीय बस चालक सुरेश श्रेष्ठले प्रदेश नं.३–०२–००९ प ०१९३ नं. को स्कुटी लिई पुतलीबजार नगरपालिका– ३ पुतलीखेतस्थित बहिनीको डेरामा बस्ने छोरा\छोरी भेट्न भनि घरबाट निस्केकोमा उनी सवार स्कुटर खोला किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

पुतलीबजार–१ मालेबगरस्थित आँधीखोलामा खोलाकोबिच भागमा पानीमा बगाई ल्याई अड्किएको अवस्था भेटिएको स्कुटरलाई पानी बाहिर निकाली जिल्ला प्रहरी कार्यालय स्याङजा लगिएको डिएसपी रानाले बताए ।

स्कुटरमा सवार श्रेष्ठ हालसम्म सम्पर्कविहिन रहेकोमा खोजी कार्य तथा थप अनुसन्धान भइरहेको उनले बताए ।

उक्त स्कुटर कँहाबाट बगाएर ल्याएको भन्नेबारे खुल्न बाँकी रहको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८१ असार २४ गते सोमबार १०:४७
हजुरको प्रतिक्रिया