२०८३ असोज २५ गते आइतबार

कास्कीमा निगालाको टुसा चोरी निकासी गर्ने जीपसहित दुई जना नियन्त्रणमा

कास्कीमा निगालाको टुसा चोरी निकासी गर्ने जीपसहित दुई जना नियन्त्रणमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार २५ गते मंगलबार ०५:१३

प्रहरीले अवैध रुपमा अन्नपूणर् संरक्षण क्षेत्रबाट निगालोको टुसा चोरी निकासी गर्ने सवारी साधन नियन्त्रणमा लिएको छ ।

पोखरा
प्रहरीले अवैध रुपमा अन्नपूणर् संरक्षण क्षेत्रबाट निगालोको टुसा चोरी निकासी गर्ने सवारी साधन नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी घाचोक कास्कीबाट खटिएको प्रहरी टोलीले माछापूच्छ्रे गाउँपालिका वडा नं. ४ लम्सालथरमा ग ३ च ४५४० नम्बरको बोलेरो जिपलाई चेकजाँच गर्दा निगालोको टुसा अन्दाजी १ हजार ४८० मुठा नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

टुसासहित जिप चालक ३७ वर्षीय खिमबहादुर पुन र टुसा ल्याउने ४१ वर्षीय रामजी भण्डारीलाई पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।

थप अनुसन्धान तथा आवश्यक कारवाहिको लागि अन्नपुणर् संरक्षण क्षेत्र सम्पर्क कार्यालय हरियोखर्क पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८१ असार २५ गते मंगलबार ०५:१३
हजुरको प्रतिक्रिया