२०८३ साउन २१ गते बिहीबार

सरोकारवाला भन्छन्ः ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य आवश्यक छ’

सरोकारवाला भन्छन्ः ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य आवश्यक छ’

हरिकृष्ण गौतम

@Public 4K Tv

२०८१ असार २६ गते बुधबार ११:३३

पर्वतको जलजला गाउँपालिकाको आयोजनामा मंगलबार बेनीमा भएको विपद् व्यवस्थापन लगायत साझा सरोकारका विषयमा अन्तर निकाय समन्वय गोष्ठीमा सहभागि स्थानीय तहका प्रमुखले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्यमा अन्तरपालिका अनुभव आदानप्रदान र सहकार्य अति आवश्यक रहेको बताएका हुन् ।

पर्वत ।

मनसुनजन्य विपद्को पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

पर्वतको जलजला गाउँपालिकाको आयोजनामा मंगलबार बेनीमा भएको विपद् व्यवस्थापन लगायत साझा सरोकारका विषयमा अन्तर निकाय समन्वय गोष्ठीमा सहभागि स्थानीय तहका प्रमुखले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्यमा अन्तरपालिका अनुभव आदानप्रदान र सहकार्य अति आवश्यक रहेको बताएका हुन् ।

बैठकमा जिल्ला समन्वय समिति बागलुङका समन्वय प्रमुख अमर बहादुर थापा, बागलुङ नगरपालिकाका मेयर बसन्त श्रेष्ठ, जिसस पर्वतका उपप्रमुख सोम जिसी, बेनी नगरपालिकाकी उपमेयर ज्योति लामिछानेले विपद्मा जनशक्ती, उपकरण लगायत सहयोगका लागि प्रतिबद्ध रहेको बताएका थिए ।

यसैबीच विपद् व्यवस्थापनमा पालिकाले गरेका असल अभ्यास, एक अर्काका सिकाइ आदानप्रदान गरिएको जलजला गाउँपालिकाले जनाएको छ ।

जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यको अध्यक्षता भएको कार्यक्रमको उद्देश्यमाथि प्रमुख प्रशासकीय अधिकृत फनिन्द्रप्रसाद आचार्यले प्रष्ट पारेका थिए भने कार्यक्रम

बैठकबाट असल अभ्यासका बारेमा जानकारी गराउने, सर्वसाधारणलाई सहज आवतजावत गर्ने गरी सडक सञ्जालमा अवरोध भएमा तत्काल हटाउने, अन्य विपद्जन्य घटनामा उद्धार तथा सहयोगका लागि पालिकास्तरमा संयन्त्र बनाएर समुदायलाई समेत सहभागीको वातावरण बनाउनुपर्नेमा जलजला गाँउपालिकाका उपाध्यक्ष दिपक आचार्यलगाएत स्थानीय तहका प्रमुख तथा प्रतिनिधिले प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित मिति २०८१ असार २६ गते बुधबार ११:३३
हजुरको प्रतिक्रिया