पोखरा
एसीसी वुमन्स एसिया कप खेल्न श्रीलंका पुगेको नेपाल दोस्रो खेलमा पनि पराजित भएको छ । बुधबार भएको दोस्रो खेलमा नेपाल श्रीलंकाको डेभलप्मेन्ट टीमसँग ४ विकेटले पराजित भएको हो ।
१०७ रनको लक्ष्य पछ्याएको श्रीलंका डेभलप्मेन्टले १९ ओभर ५ बलमा ६ विकेट गुमाउँदै पूरा ग¥यो । ओपनर सेनाराथनीले ३७ बलमा २ चौकासहित सर्वाधिक २७, इमिका मेन्डिस १७, कप्तान सेन्दीपानी १९ र एम मदाराले १६ रन बनाइन् । नेपालकी कृतिका मरासिनी, इन्दु बर्मा, कविता जोशी र सबनम राइले १–१ विकेट लिइन् ।
त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १०६ रन बनाएको थियो । नेपालकी ओपनर कविता कुँवरले २९ रन बनाइन् । इन्दु बर्माले ४३ बलमा ३ चौकासहित २८, ओपनर सम्झना खड्का ११, रुविना क्षेत्री ६, कविता जोशी ४, विन्दु रावल ८ र पूजा महतोले ६ रन बनाइन् ।
श्रीलंका डेभलप्मेन्टका देवमी विहांगाले ३ विकेट लिइन् । सेन्दीपानीले २, थरिका सेवान्दी, सन्दीनु निसांसालाले १–१ विकेट लिइन् । नेपाल पहिलो खेलमा मंगलबार ३३ रनले पराजित भएको थियो । तीन खेलको सिरिजमा श्रीलंका २–० ले अघि छ । अन्तिम खेल आगामी मंगलबार हुनेछ ।
प्रकाशित मिति २०८१ असार २६ गते बुधबार ०३:३७




