२०८३ साउन २१ गते बिहीबार

वेबसाइट डेभलपमेन्ट र UXUI सम्बन्धी निशुल्क अनलाइन तालिम हुने

वेबसाइट डेभलपमेन्ट र UXUI सम्बन्धी निशुल्क अनलाइन तालिम हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार २७ गते बिहीबार ०१:०९

वेबसाइट डेभलपमेन्ट र UXUI सम्बन्धी निशुल्क अनलाइन तालिम हुने भएको छ । पोखराको ‘ईकमर्स साथी’ प्रालि नामक कम्पनीले ७–७ दिने वेबसाइट डेभलपमेन्ट र UXUI सम्बन्धी तालिम दिन लागेको हो । सूचना प्रविधिको विकाससँगै पछिल्लो समय व्यवसायलाई...

वेबसाइट डेभलपमेन्ट र UXUI सम्बन्धी ७–७ दिने निशुल्क अनलाइन तालिम हुने

वेबसाइट डेभलपमेन्ट र UXUI सम्बन्धी निशुल्क अनलाइन तालिम हुने भएको छ । पोखराको ‘ईकमर्स साथी’ प्रालि नामक कम्पनीले ७–७ दिने वेबसाइट डेभलपमेन्ट र UXUI सम्बन्धी तालिम दिन लागेको हो ।

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय व्यवसायलाई अनलाइनमा लैजाने र व्यक्तिगत वेबसाइटसमेत बनाउने क्रम बढ्दै जाँदा वेबसाइट डेभलपरहरु उत्पादन गर्नको लागि तालिम आयोजना गरिएको ‘ईकमर्श साथी’का प्रमुख कार्यकारी अधिकृत सीईओ विजय कुमालले जानकारी दिए । वेबसाइट डेभलपमेन्टका साथै ग्ह्ग्क्ष् सम्बन्धी तालिम पनि एकसाथ सुरु गरिँदैछ । वेबसाइट निर्माण गर्नुपूर्व वेबसाइटको पूर्ण नक्सा बनाउने कामलाई प्राविधिक भाषामा युुएक्स युआई भन्ने गरिन्छ । UXUI अन्तर्गत Color Phycology , Design thinking process, Wireframing, Prototyping, animation, Usability testing (peer evaluation), project showcase बारे सिकाइनेछ । नेपालमा वेबसाइट बनाउनुपूर्व कस्तो डिजाइन गर्ने, कुन कुन रङ प्रयोग गर्ने, कसरी पाठकमैत्री बनाउने भन्नेबारे पूर्व योजना बनाउने अभ्यास खासै नभएकाले त्यस्तो अभ्यासलाई जोड दिन युएक्सयुआई डिजाइन तालिम दिन लागिएको कम्पनीले जनाएको छ ।

आगामी असार ३१ गतेबाट तालिम सुरु हुँदैछ । तालिम साँझ ७ बजेबाट सुरु हुने बताइएको छ । सूचना र प्रविधिको विकाससँगै व्यक्तिगत तथा व्यावसायिक वेबसाइट बनाउने क्रम पनि बढ्दैछ । आफ्नो व्यक्तिगत वा व्यावसायिक वेबसाइट निर्माण गर्ने तथा आफैंले व्यवस्थापन गर्न धेरैले रुचि पनि राख्ने गरेका छन् । यस्ता रुचि हुनेहरुलाई ध्यानमा राखेर वेबसाइट डेभलबमेन्ट कक्षामा आधारभूत तालिममा डोमेन रजिस्ट्रेसन, होस्टिङ, निःशुल्क डोमेन रजिस्ट्रेसन गर्ने तरिका, वर्ड प्रेस इन्स्टल, सेटिङ, फ्रि थिम र प्लगिन प्रयोग गरी ‘रियल–टाइम पर्सनल प्रोजेक्ट डेभलपमेन्ट’को काम सिकाइने कम्पनीले जनाएको छ । तालिममा इच्छुक जोकोहीले सहभागिता जनाउन सक्नेछन् ।

अहिलेको समयमा नयाँ व्यवसाय, समाचार माध्यम, फर्म आदि संस्थाहरू दर्ता हुनुका साथै वेबसाइट सञ्चालन गर्ने प्रचलन बढ्दै गइरहेको छ । त्यस्ता वेबसाइट बनाउन लगाउँदा संस्थाका व्यक्तिहरूलाई वेबसाइटको सामान्य ज्ञानसमेत नहुँदा धेरै ठगिने गरेको बताउँदै सञ्चालक कुमालले वेबसाइटबारे आधारभूत ज्ञान प्रदान गराउने उद्देश्यले निःशुल्क तालिम सञ्चालन गर्न लागिएको बताए ।

जुमबाट हुने तालिममा सय जनाको मात्रै क्षमता भएकाले अन्य इच्छुकले विजय कुमालको युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हेर्न सक्ने व्यवस्था मिलाइएको छ । प्रशिक्षक विजय कुमालले वेबसाइट डेभलपमेन्टसम्बन्धी तालिम प्रदान गर्नेछन् भने सिद्धार्थ द्विवेदीले UXUI सम्बन्धी ज्ञान प्रदान गर्नेछन् । तालिममा सहभागीलाई सर्टिफिकेटसमेत उपलब्ध गराइनेछ भने एडभान्स तालिम लिन इच्छुकलाई निश्चित सीटमा भर्ना लिएर सिकाइनेछ ।

निशुल्क तालिममा जोडिन चाहनेहरूका लागि निम्न गुगल फर्म भर्नुपर्नेछ । यहाँ क्लिक गरी फर्म भर्नुहोस् ।Link: https://docs.google.com/forms/d/e/1FAIpQLSexK6kc8rA58ApaKa2LV0PZFjruZmzw7cAxvhxlUtm9qOCB3A/viewform?pli=1

युट्युबमार्फत प्रत्यक्ष सहभागी हुन यहाँ क्लिक गर्नुहोस् । Link: https://m.youtube.com/@DigitalBijay

प्रकाशित मिति २०८१ असार २७ गते बिहीबार ०१:०९
हजुरको प्रतिक्रिया