२०८३ साउन २१ गते बिहीबार

अर्जेन्टिनाका लागि मेसीकाे दशौं अन्तर्राष्ट्रिय फाइनल भिडन्त

अर्जेन्टिनाका लागि मेसीकाे दशौं अन्तर्राष्ट्रिय फाइनल भिडन्त

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार ३० गते आइतबार ०१:४५

अर्जेन्टिना र कोलम्बियाबीचको खेल मायामीस्थित हार्ड रक स्टेडियममा नेपाली समय अनुसार सोमबार बिहान ६:१५ बजे सुरु हुनेछ ।

अर्जेन्टिना र कोलम्बियामा काे बलियाे ?

काठमाडौं ।

सुपरस्टार फुटबलर लिओनल मेसीले अर्जेन्टिनाकाे राष्ट्रिय जर्सीमा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताकाे दशौं फाइनल खेल्दैछन् ।अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि रक्षाका लागि फाइनलमा कोलम्बियाकाे सामना गर्दैछ । अर्जेन्टिना र कोलम्बियाबीचको खेल मायामीस्थित हार्ड रक स्टेडियममा नेपाली समय अनुसार सोमबार बिहान ६:१५ बजे सुरु हुनेछ ।

मेसी सम्मिलित अर्जेन्टिनाले सन् २०२१ मा २८ वर्षपछि कोपा अमेरिका जितेको थियो । अर्जेन्टिना लगातार दोस्रो पटक कोपा जित्ने लक्ष्यमा छ ।

यता, २३ वर्षपछि पहिलो पटक फाइनल पुगेको कोलम्बिया भने दोस्रो पटक कोपा उचाल्ने लक्ष्यमा हुनेछ ।  कोलम्बियाले यसअघि सन् २००१ मा एकपटक मात्रै कोपा जितेको छ ।

मेसीले यसअघि अर्जेन्टिनाका लागि फिफा विश्वकप, कोपा अमेरिका, ओलम्पिक, यू-२० विश्वकप गरी ९ पटक फाइनल खेलेका छन् । जसमा ५ पटक उनले फाइनल जितेका छन् भने ४ पटक पराजित भएका छन् । यस्तै उनले फाइनलमा ४ गोल गर्दा ४ असिस्ट समेत गरेका छन् ।

अर्जेन्टिनाले सेमिफाइनलमा क्यानडालाई २-० गाेल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेकाे हाे भने काेलम्बियाले काेपाकाे सर्वाधिक विजेता उरूग्वेलाई दोस्रो सेमिफाइनलमा १–० ले हराउँदै कोपाको फाइनलमा पुगेको हो।

प्रकाशित मिति २०८१ असार ३० गते आइतबार ०१:४५

हजुरको प्रतिक्रिया