२०८३ साउन २१ गते बिहीबार

पोखरा महानगरपालिकाको बजेट पारित

पोखरा महानगरपालिकाको बजेट पारित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार ३१ गते सोमबार ०३:३९

पोखरा पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका २०८१÷०८२ का लागि ल्याएको बजेट तथा कार्यक्रम पारित भएको छ । नगर सभामा छलफल भएपछि बजेट पारित भएको हो । असार १० गते नगर सभामा उपमेयर मञ्जुदेवी गुरुङले ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँको...

पोखरा
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका २०८१÷०८२ का लागि ल्याएको बजेट तथा कार्यक्रम पारित भएको छ । नगर सभामा छलफल भएपछि बजेट पारित भएको हो ।

असार १० गते नगर सभामा उपमेयर मञ्जुदेवी गुरुङले ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँको बजेट पेश गरेकी थिइन् ।

बजेटको स्रोतमा संघीय सरकारबाट अनुदान स्वरूप ४ अर्ब २० करोड २२ लाख १ हजार रुपैयाँ, प्रदेश सरकारबाट अनुदान ९ करोड ६३ लाख ८१ हजार रुपैयाँ, आन्तरिक आयबाट१ अर्ब ५५ करोड ५१ लाख ४० हजार रुपैयाँ प्राप्त हुने अनुमान छ ।

संघीय सरकारबाट राजस्व बाँडफाँडबाट बापत ३८ करोड ३३ लाख ७५ हजार रुपैयाँ, प्रदेश सरकारको राजस्व बाँडफाँडबाट ९ करोड ७२ लाख २० हजार रुपैयाँ, स्थानीय राजस्व बाँडफाँटबाट १ अर्ब १२ करोड ८६ लाख ६१ हजार रुपैयाँ र राजश्व बाँडफाँडबाट ५४ लाख २४ हजार रुपैयाँ आम्दानी हुने उल्लेख छ । नगर विकास कोषबाट ४ करोड ४८ लाख ८० हजार रुपैयाँ ऋण लिने महानगरको योजना छ ।

बजेटमा महानगरले पर्यटन, कृषि, उद्योग तथा व्यापार, हरित, दिगो र विपद् उत्थानशील पूर्वाधार विकास, मूल्य श्रृखला सबलीकरण, बजार प्रणाली सुदृढीकरण, न्यून कार्बन उत्सर्जन तथा कार्बन तटस्थतालाई प्राथमिकतामा राखेको छ ।

नगरसभाले आर्थिक ऐन २०८१ र विनियोजन विधेयक लगायत सभामा पेस भएका प्रस्ताव समेत पास गरेको हो ।

प्रकाशित मिति २०८१ असार ३१ गते सोमबार ०३:३९
हजुरको प्रतिक्रिया