२०८३ साउन २१ गते बिहीबार

बागलुङमा पहिरोले स्वास्थ्य चौकी पुरियो

बागलुङमा पहिरोले स्वास्थ्य चौकी पुरियो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार ३१ गते सोमबार ०८:१९

बागलुङ नगरपालिका–१० भकुण्डेमा रहेको स्वास्थ्य चौकी पहिरोले पुरिएको छ ।

बागलुङ
बागलुङ नगरपालिका–१० भकुण्डेमा रहेको स्वास्थ्य चौकी पहिरोले पुरिएको छ ।

निरन्तर वर्षाका कारण स्वास्थ्य चौकी माथिदेखि आएको पहिरोले भुकुण्डे स्वास्थ्य चौकीको आधा भाग पुरिएको हो । स्वास्थ्य चौकीको आधा भाग पुरिएपछि स्वास्थ्यकर्मीले जोखिम मोलेर उपचारमा खटिनुपरेको छ ।

स्वास्थ्य चौकीभन्दा केही माथिको भाग चर्किएको हुँदै अझै पहिरो खस्ने सम्भावना रहेको स्वास्थ्य चौकी प्रमुख उमेश सर्वुजाले जानकारी दिए । पहिरो करिब १०० मिटर माथिदेखि खसेको उनको भनाइ छ । दैनिक बिरामी आउने हुँदा अहिले जोखिममा परेको भवनबाट सेवा दिन बाध्य भएको सर्वुजाको भनाइ छ ।

गत वर्ष मात्रै निर्माण सम्पन्न भएको स्वास्थ्य चौकी जोखिममा परेको छ । निरन्तर वर्षा भए भवनै बग्ने उच्च जोखिममा देखिन्छ । पहिरोको लेदोले स्वास्थ्य चौकीका कोठा भरिएका छन् । स्वास्थ्य चौकीमा वर्थिङ सेन्टरसमेत रहेको हुँदा उपचार गर्न र सुत्केरी हुन आउने महिलामा भय उत्पन्न भएको छ ।

 

प्रकाशित मिति २०८१ असार ३१ गते सोमबार ०८:१९
हजुरको प्रतिक्रिया