पोखरा
जिल्ला प्रहरी कार्यालय कास्कीले १२९ फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतले दोषी ठहर गरेका १२९ प्रतिवादीलाई प्रहरीले असारमा महिनाभर पक्राउ गरेको हो ।
सबैभन्दा धेरै चेक अनादार मुद्वामा फरार प्रतिवादीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए । उनका अनुुसार चेक अनादार मुद्वामा मात्रै ३३ जना फरारलाई पक्राउ गरिएको हो ।
सम्बन्ध विच्छेद मुद्वामा १८, केही सार्वजनिक अपराध मुद्वामा १३, जुवातासमा ९, बैंकिङ कसुर, नकवजनी चोरी, पशुपंक्षी सम्बन्धी कसुरमा मा ६/६ जना, बिगो, लागूऔषध, नाता कायम, जालसाजी मुद्वामा ५/५ जनबा पक्राउ परे ।
अभद्र व्यवहार, लेनदेनमा ४/४ जना फरार प्रतिवादीलाई पक्राउ गर्न कास्की प्रहरी सफल भएको छ । वन पैदावारको अनियमित निकासी, साधारण चोरी, झुट्टा बखपत्रमा २/२ जना, कुटपिट, ज्यान मार्ने उद्योग, सवारी ज्यान र घरेलु हिंसाका १÷१ जना समातिएका छन् ।
फरार प्रतिवादीलाई पक्राउ गरेर फैसला कार्यन्वयनका लागि अदालत पेश गरेको डिएसपी शर्माकोे भनाइ छ । पक्राउ परेकाबाट ९ वर्ष ७ महिना १० दिन कैदसँगै दुई करोड ९० लाख तीन हजार ७८३ रुपैयाँ जरिवाना असुल गर्न बाँकी छ ।
प्रकाशित मिति २०८१ असार ३१ गते सोमबार ०८:२२




