२०८३ साउन २१ गते बिहीबार

गण्डकी विश्वविद्यालय ‘एमआइटी एआई’ पढाउने

गण्डकी विश्वविद्यालय ‘एमआइटी एआई’ पढाउने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन २ गते बुधबार ०८:०८

सेप्टेम्बरदेखी एमआइटी एआईको कक्षा सुरु हुनेछ ।

पोखरा

गण्डकी प्रदेशले स्थापना गरेको गण्डकी विश्वविद्यालयले एमआइटी एआई विषय पढाउने भएको छ ।

विश्वविद्यालयले मास्टर अफ इन्फरमेसन टेक्नोलोजी आर्टिफिसियल इन्टेलीजेन्स विषयको पढाइ सञ्चालन गर्ने सार्वजनिक गरेको हो । सेप्टेम्बरदेखी एमआइटी एआईको कक्षा सुरु हुनेछ ।

विश्वविद्यालयका डीन कपील अधिकारीले एमआईटी एआईको आवश्यक्ता ठानेर कार्यक्रम सार्वजनिक गरिएको बताए । विश्वविद्यालयले प्राविधिक विषयलाई प्राथमिकतामा राखेको उनको भनाइ छ । ‘एआईको अध्ययन गर्ने विद्यार्थी पछाडी पर्दैनन् । नेपालको अर्थतन्त्र सुधारमा एआईको भूमिका महत्वपूर्ण रहनेछ’, उनको विश्वास छ ।

सरकारी तथा गैरसरकारी क्षेत्रमा एआईको प्रयोगलाई बढाउने उदेश्य सहित विश्वविद्यालयले एमआईटी एआई विषय पढाउने योजना बनाएको सुनाए । आइटीमा जति धेरै उत्पादन गरिएता पनि खपत हुने अधिकारीले बताए ।

सार्वजनिक कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले एमआइटी एआई विषय समय सान्दर्भिक भएको बताए । बजारले खोजेको शिक्षा उपलब्ध गराउन विश्वविद्यालयलाई उनको निर्देशन छ ।

‘प्रविधिमैत्री शिक्षा आजको आवश्यक्ता हो । बजारले खोजेको जस्तो शिक्षित जनशक्ति उत्पादनमा जोड गरौं’, उनले भने ।

२०७६ सालबाट संचालनमा आएको गण्डकी विश्वविद्यालयले खेलकुद व्यवस्थापन, कानुन, बिबिए, आइटी र फार्मेसी विषय पढाउदै आइरहेको छ ।

प्रकाशित मिति २०८१ साउन २ गते बुधबार ०८:०८

हजुरको प्रतिक्रिया