२०८३ असोज २५ गते आइतबार

टी–२० महिला एशिया कप : पहिलो खेल नेपालले आज युएईसँग खेल्दै

टी–२० महिला एशिया कप : पहिलो खेल नेपालले आज युएईसँग खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन ४ गते शुक्रबार १०:५९

पोखरा । महिला एशिया कप टी–२० क्रिकेट प्रतियोगिता आजदेखि श्रीलंकामा सुरु हुँदैछ । महिला एसिया कप क्रिकेटमा नेपालले आज समूह चरणको आफ्नो पहिलो खेल खेल्दैछ । उद्घाटन खेलमा आज नेपाल र यूएई खेल्दैछन् । नेपाल र यूएईबीचको खेल दिउँसो...

पोखरा ।

महिला एशिया कप टी–२० क्रिकेट प्रतियोगिता आजदेखि श्रीलंकामा सुरु हुँदैछ ।

महिला एसिया कप क्रिकेटमा नेपालले आज समूह चरणको आफ्नो पहिलो खेल खेल्दैछ ।

उद्घाटन खेलमा आज नेपाल र यूएई खेल्दैछन् । नेपाल र यूएईबीचको खेल दिउँसो सवा २ बजे सुरु हुनेछ ।

खेल श्रीलंकाको रांगिरी दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हँदैछ । यो खेलपछि आज नै भारत र पाकिस्तान खेल्दैछन् ।

नवौँ संस्करणको प्रतियोगिता यस पटक चार टेस्ट र चार एसोसिएट गरी आठ वटा देश सहभागी छन् ।

महिला एसिया कप खेल्न समूह ए मा रहेको नेपाली महिला क्रिकेट टोलीले समूह चरणमा युएईसँगै पाकिस्तान र भारतसँग प्रतिस्पर्धा गर्ने छ ।

यसअघि सन् २०१२ र २०१६ मा महिला एसिया कप खेलेको नेपालले आठ वर्षपछि पुनः अहिले प्रतियोगिता खेल्न लागेको हो ।

साउन ४ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको समूह ‘बी’ मा श्रीलङ्का, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन् ।

समूह चरणबाट दुई–दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनलमा विजयी हुने दुई टोलीबिच साउन १३ गते फाइनल भिडन्त हुनेछ ।

एसिया कप क्रिकेट प्रतियोगिता अघि नेपाली टोलीले श्रीलंकाको श्रीलंका डेभलपमेन्ट टिमसंग तीन खेलको अभ्यास खेल खेलेको थियो । जसमा नेपाल २–१ ले पराजित भएको थियो ।

प्रकाशित मिति २०८१ साउन ४ गते शुक्रबार १०:५९
हजुरको प्रतिक्रिया