२०८३ असोज २५ गते आइतबार

वुमन्स एसिया कपः नेपालले टस जितेर पहिला फिल्डिङ गर्दै

वुमन्स एसिया कपः नेपालले टस जितेर पहिला फिल्डिङ गर्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन ४ गते शुक्रबार ०२:११

पाेखरा श्रीलंकामा सुरु भएको नवौं संस्करणको एसिया कप टी–२० महिला क्रिकेटको उद्घाटन खेलमा युएईविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा युएईविरुद्ध नेपालकी कप्तान...

पाेखरा

श्रीलंकामा सुरु भएको नवौं संस्करणको एसिया कप टी–२० महिला क्रिकेटको उद्घाटन खेलमा युएईविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने भएको छ ।

श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा युएईविरुद्ध नेपालकी कप्तान इन्दु बर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

एसिया कपमा नेपाल रहेको समूहमा नेपालसहित युएई, भारत र पाकिस्तान छन् । आइतबार पाकिस्तान र मङ्गलबार भारतसँग खेल्नेछ । सन् २०१२ र २०१६ मा सहभागी भएको नेपालको यो तेस्रो सहभागिता हो ।

प्रकाशित मिति २०८१ साउन ४ गते शुक्रबार ०२:११
हजुरको प्रतिक्रिया