२०८३ साउन २१ गते बिहीबार

माओवादी कहिल्यै भ्रष्टाचारको काण्डमा मुछिएन्ः सांसद सापकोटा

माओवादी कहिल्यै भ्रष्टाचारको काण्डमा मुछिएन्ः सांसद सापकोटा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन ६ गते आइतबार ०२:५६

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले अहिलेसम्म कुनै पनि भ्रष्टाचारको काण्डमा माओवादी नमुछिएको दाबी गरेका छन् ।

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले अहिलेसम्म कुनै पनि भ्रष्टाचारको काण्डमा माओवादी नमुछिएको दाबी गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सापकोटाले माओवादी भ्रष्टाचारको काण्डमा नमुछिएको र हेप्न खोजे त्यो एउटा सपना मात्र हुने जिकिर गरेका हुन् ।

उनले भने, ‘सत्तापक्षका एक जना बरिष्ठ नेताले विदेशमा गएर माओवादीलाई आगामी चुनवमा दुवै पार्टीले नलिने सर्तमा गठबन्धन गरिएको भन्नु भएको रहेछ । क्या गज्जब १ भ्रष्टाचारले टुङटुङती गनाएर सिनोमा परिवर्तन हुन लागेका तपाईंहरूले हामीलाई युद्धमा टाउकोको मोल तोक्ने, शंका लाग्ने बित्तिकै गोली ठोक्न आदेश दिएको होइन् रु गोलीसँग नहिलेको, कुनै नीतिगत भ्रष्टाचारको काण्डहरूमा नमुछिएको माओवादीलाई हेप्न खोज्नु भएको छ भने त्यो तपाईंहरूको दिवा सपना हुनेछ । ’

साथै उनले जनताले माओवादी जस्तो पार्टीलाई मात्र बोक्ने बताए । उनले भ्रष्टाचारमा नमुछिएकोले छाती खोलेर जनताका माझ गर्व गर्न सक्ने हैसियत बनाएको बताए ।

 

प्रकाशित मिति २०८१ साउन ६ गते आइतबार ०२:५६
हजुरको प्रतिक्रिया