२०८३ असोज २५ गते आइतबार

रसियन टोलीसँगको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल पराजित

रसियन टोलीसँगको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल पराजित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन ६ गते आइतबार ०६:४२

नेपाली महिला राष्ट्रिय भलिबल टोली रसियन टोलीसँगको पहिलो मैत्रीपूर्ण खेलमा पराजित भएको छ ।

काठमाडौं । नेपाली महिला राष्ट्रिय भलिबल टोली रसियन टोलीसँगको पहिलो मैत्रीपूर्ण खेलमा पराजित भएको छ ।

आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलमा काभा नेसन्स लिगका तयारीमा रहेको नेपाली टोली ३–० को सोझो सेटमा पराजित भएको हो । रसियाभने २५–१७,२५–१९, २५–१५ ले विजयी भएको हो ।

दोस्रो खेल सोमबार हुनेछ । साउन १७ गतेदेखि काठमाडौंमा सुरु हुने काभा नेसन्स लिगमा नेपाल, भारत, इरान, श्रीलंका र माल्दिभ्सले सहभागिता जनाउँदै छन् ।

प्रकाशित मिति २०८१ साउन ६ गते आइतबार ०६:४२
हजुरको प्रतिक्रिया