२०८३ साउन २१ गते बिहीबार

प्रहरी हुँ भन्दै धम्काएर रकम माग्ने एक युवक पक्राउ

प्रहरी हुँ भन्दै धम्काएर रकम माग्ने एक युवक पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन ८ गते मंगलबार १०:०५

‘ह्वाट्सएप’ तथा ‘टेलिग्राम’ बाट सम्पर्क गरी विभिन्न व्यक्तिलाई आफू प्रहरीको सूचना अधिकारी रहेको र कोही कसैको काम परे गरिदिने साथै सर्वसाधरणसंग रकम माग्ने गरेका पोखरा महानगरपालिका–१६ बाटुलेचौरका २१ वर्षीय सुजित क्षेत्री पक्राउ परेका हुन् ।

पोखरा ।

आफुलाई जिल्ला प्रहरी कार्यालय कास्कीको सूचना अधिकारी हुँ भन्दै विभिन्न व्यक्तिरुलाई धम्की दिएर रकम माग्ने एक युवक पक्राउ परेका छन् ।

‘ह्वाट्सएप’ तथा ‘टेलिग्राम’ बाट सम्पर्क गरी विभिन्न व्यक्तिलाई आफू प्रहरीको सूचना अधिकारी रहेको र कोही कसैको काम परे गरिदिने साथै सर्वसाधरणसंग रकम माग्ने गरेका पोखरा महानगरपालिका–१६ बाटुलेचौरका २१ वर्षीय सुजित क्षेत्री पक्राउ परेका हुन् ।

आम सर्वसाधारणसँग रकम माग गर्ने गरेको भन्ने सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले उनलाई पोखराको लामाचौरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका क्षेत्रीका विरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।

प्रकाशित मिति २०८१ साउन ८ गते मंगलबार १०:०५
हजुरको प्रतिक्रिया