२०८३ साउन २१ गते बिहीबार

गलेश्वर मन्दिरमा ३ लाख ३६ हजार भेटी संकलन

गलेश्वर मन्दिरमा ३ लाख ३६ हजार भेटी संकलन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन १५ गते मंगलबार ०४:४३

अघिल्लो सोमबार ३ लाख ७२ हजार ३७३ रुपैयाँ संकलन भएको थियो ।

म्याग्दी

म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वर शिवालय मन्दिरमा साउनको दोस्रो सोमबार भक्तजनबाट चढाइएको भेटी सार्वजनिक गरिएको छ ।

यो सोमबार भक्तजनले ३ लाख ३६ हजार १८५ रुपैयाँ चढाएका हुन् । अघिल्लो सोमबार ३ लाख ७२ हजार ३७३ रुपैयाँ संकलन भएको थियो ।

मन्दिरमा संकलन भएको भेटी मुचुल्का गरेर प्रहरीकै सुरक्षामा भेटी र कोषमा राख्ने गरिन्छ । संकलन गर्ने क्रममा छिटफुट भेटी भेटिएमा हरेक महिनाको १५ दिनमा सार्वजनिक गर्ने प्रचलन छ ।

कृष्णागण्डकीवाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएकाले भक्तजनको घुँइचो लाग्दछ ।

प्रकाशित मिति २०८१ साउन १५ गते मंगलबार ०४:४३
हजुरको प्रतिक्रिया