२०८३ साउन २१ गते बिहीबार

संसद भवन निर्माणमा ढिलासुस्ती, तीव्रता दिन उपप्रधानमन्त्रि सिंहको निर्देशन

संसद भवन निर्माणमा ढिलासुस्ती, तीव्रता दिन उपप्रधानमन्त्रि सिंहको निर्देशन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन १५ गते मंगलबार ०४:४९

आगामी नौ महिनाभित्र अथवा आगामी चैत्र १८ गतेसम्मका सो भवनको निर्माण कार्य सम्पन्न गरिसक्ने पछिल्लो सम्झौता छ ।

पोखरा

उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माणाधीन संसद भवनको अवलोकन गरेका छन् ।

मंगलबार बिहान मन्त्री सिंहले सिंहदरबारभित्र निर्माण भइरहेको संसद भवन अनुगमन गरेका हुन् । मन्त्री सिंहले संसद भवन निर्माणको कामलाई तीव्रता दिन निर्देशन दिएका छन् । उनले आगामी हिउँदे अधिवेशन यही भवनबाट सञ्चालन गर्न मिल्ने गरी कामलाई तीव्रता दिनुपर्ने बताए ।

सिंहदरबार परिसरमा संघीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभा, संसदीय समिति, संसदीय दलका कार्यालयसमेत रहने गरी १२ वटा ब्लक सहितको भव्य भवन निर्माणको काम भइरहेको हो ।

१ सय ७३ रोपनी क्षेत्रमा फैलिएको परिसरको ४५ प्रतिशत भूभागमा प्रतिनिधि सभा र राष्ट्रिय सभा रहनेछ । भवन निर्माणको जिम्मा चिनियाँ र नेपालीको संयुक्त कम्पनीले पाएको थियो ।

आगामी नौ महिनाभित्र अथवा आगामी चैत्र १८ गतेसम्मका सो भवनको निर्माण कार्य सम्पन्न गरिसक्ने पछिल्लो सम्झौता छ । त्यस अवधिभित्र सम्पन्न हुनेगरी काम गर्न निर्माण कम्पनीलाई सहरी विकास मन्त्रालयले दबाब दिँदै आएको छ ।

२०७६ साल असोज १६ गते करिव ६ अर्व ३० करोड लागतमा ३ वर्षभित्र सम्पन्न गरिसक्ने सम्झौतासहित शुरु भएको सो भवन निर्माण कार्य कोभिडको कारण केही समय पछि धकेलिएको शहरी विकास मन्त्रालयले जनाएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको नयाँ संसद भवनको निर्माण कार्य २०८० वैशाख १४ गते सम्पन्न गर्ने समयसीमा तोकिए पनि समयमै सम्पन्न हुनसकेको छैन ।

 

प्रकाशित मिति २०८१ साउन १५ गते मंगलबार ०४:४९
हजुरको प्रतिक्रिया