२०८३ साउन २१ गते बिहीबार

पोखरा क्रिकेट मैदानको स्तरोन्नती गर्न प्रदेश सरकारसँग माग

पोखरा क्रिकेट मैदानको स्तरोन्नती गर्न प्रदेश सरकारसँग माग

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन १५ गते मंगलबार ०७:०७

पोखरा गण्डकी प्रादेशिक क्रिकेट संघले पोखरा रंगशाला क्रिकेट मैदान स्तरोन्नती सम्बन्धमा कार्यवाहक मुख्यमन्त्री विन्दुकुमार थापालाई ध्यानाकर्षण गराएको छ । प्रादेशिक क्रिकेट संघको अध्यक्ष सञ्जयकान्त सिग्देलसहितको टोलीले गण्डकी...

पोखरा
गण्डकी प्रादेशिक क्रिकेट संघले पोखरा रंगशाला क्रिकेट मैदान स्तरोन्नती सम्बन्धमा कार्यवाहक मुख्यमन्त्री विन्दुकुमार थापालाई ध्यानाकर्षण गराएको छ ।

प्रादेशिक क्रिकेट संघको अध्यक्ष सञ्जयकान्त सिग्देलसहितको टोलीले गण्डकी प्रदेशको एकमात्र क्रिकेट मैदानलाई स्तरोन्नती गर्न सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीसमेत रहेका थापालाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

क्रिकेट मैदानको डिपिआरमा भएको लागत अनुमानको करिब १ प्रतिशत बजेट विनियोजन हुनु र त्यो पनि नियमित नहुनुले दुखित बनाएको अध्यक्ष सिग्देलले बताए । गत वर्षको बजेटबाट भिआईपी प्याराफिट निर्माण भएपनि पूरा भएको छैन ।

सन् २०२५ मा यो मैदानमा अन्तर्राष्ट्रिय खेल खेलाउन योग्य मैदानको निर्माण गर्ने लक्ष्य राखिएको अध्यक्ष सिग्देलले उल्लेख गरे । उक्त लक्ष्य प्राप्तीको लागि सबैको साथ आवश्यक रहेको उनको भनाइ छ ।

संघले मैदानको आउट फिल्ड लेभलिङ, मैदान पश्चिमतर्फ रिटेनिङ वाल लगाई प्राकृतिक दर्शक स्टान्ड बनाउन थुपारेको माटोको व्यवस्थापनका साथै दर्शकका लागि शौचालय निर्माण र मैदानमा राखेपबाट प्राप्त रोलरको मर्मत सुधारका लागि सहयोग गर्न आग्रह गरेको छ ।

यस्तै साईट स्क्रिन मर्मत गर्ने र इन्नर फेन्सको मर्मत सुधार र मैदानको पूर्वीभागमा प्याराफिट निर्माणमा बजेट उपलब्ध गराइदिन संघले प्रदेश सरकार समक्ष माग गरेको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै कार्यवाहक मुख्यमन्त्री थापाले संघले बुझाएको माग प्रति आफूहरु गम्भिर रहेको बताएका छन् । उनले सकेसम्म छिटो सम्झौता गरेर काम अगाडी बढाउन उनले मन्त्रालयका सचिवलाई आग्रह गरे ।

प्रकाशित मिति २०८१ साउन १५ गते मंगलबार ०७:०७
हजुरको प्रतिक्रिया