पोखरा
पोखरामा साउन २६ गते लाखे नृत्य प्रतियोगिता हुने भएको छ ।
नेवाः खलः कचा पृथ्वीचोकको आयोजनामा आउदो २६ गते उक्त प्रतियोगिता हुन लागेको हो । आयोजकले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका लागि २० टोलीले नाम दर्ता गराएका छन् ।
साउन १० सम्म नाम गर्दा गर्ने समय राखिएकोमा २० टोलीले नाम दर्ता गराएको प्रतियोगिता मुल संयोजक सुरेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।
भाषा, कला, संस्कृतिलाई पश्चिमा प्रबूतिले ओझेलमा पार्न खोजी रहेको परिवेशलाई नयाँ पिढीलाई पनि पश्चिमा संस्कृक्तिबाट टाढा राखि आफ्नो संस्कृक्तिलाई पहिचान गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको श्रेष्ठले बताए ।
लोप हुन लागेको अवस्थामा यसलाई संरक्षण गर्नका लागि पनि यो कार्यक्रम गर्न लागिएको उनको भनाइ छ । पोखरा नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा हुने प्रतियोगितामा विजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउनेछ ।
उपविजेताले ३३ हजार ३ सय ३३, तेस्रो हुनेले २२ हजार २ सय २२ र चौथो हुनेले ११ हजार १ सय ११ सहित प्रमाण पत्र प्राप्त गर्नेछन् ।
उक्त दिन लाखे नृत्य प्रतियोगिताको साथै नेवा परम्परा अनुसारको सःशल्क झ्वः भ्वय्ः खुवाउने कार्यक्रम रहेको मुल संयोजक श्रेष्ठले बताए ।
प्रकाशित मिति २०८१ साउन १६ गते बुधबार ०७:१७




