२०८३ साउन २१ गते बिहीबार

काभा वुमन्स नेसन्स लिग : उद्घाटन खेलमा आज नेपालले श्रीलंकासँग खेल्दै

काभा वुमन्स नेसन्स लिग : उद्घाटन खेलमा आज नेपालले श्रीलंकासँग खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन १७ गते बिहीबार १०:०९

नेपाल र श्रीलंकाबीच सन् २०२१ पछि पहिलोपटक खेल हुन लागेको हो । सन् २०२१ मा बंगलादेशमा भएको एभिसी एसियन सेन्ट्रल जोनमा पाँच सेटमा नेपालले श्रीलंकालाई पराजित गरेको थियो ।

पोखरा ।

काभा वुमन्स नेसन्स लिग भलिबल आजदेखि सुरु हुँदैछ ।

मध्य एसियाका क्याटेगोरी ए र क्याटेगोरीका बी का पाँच टोलीले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको उद्घाटन खेलमा आज नेपालले श्रीलंकासँग खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा दिउँसो सवा ३ बजे सुरु हुनेछ । त्यसअघि युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रतियोगिताको उद्घाटन गर्नेछन् ।

नेपाल र श्रीलंकाबीच सन् २०२१ पछि पहिलोपटक खेल हुन लागेको हो । सन् २०२१ मा बंगलादेशमा भएको एभिसी एसियन सेन्ट्रल जोनमा पाँच सेटमा नेपालले श्रीलंकालाई पराजित गरेको थियो ।

आजै साँझ पौने ६ बजे भारत र इरानबीच पनि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, माल्दिभ्स र इरानको सहभागिता छ । इरान पहिलोपटक नेपालमा खेल्न आएको हो । नेसन्स लिग राउण्ड रोविन लिगका आधारमा हुनेछ ।

सिंगल राउण्ड रोविन लिगमा सबै टोलीले एक आपसमा खेलेपछि सेमिफाइनल र फाइनल खेल हुनेछ ।

लिगमा शीर्ष चारमा रहने टोली सेमिफाइनल पुग्नेछ भने पाँचौ हुने टोली बाहिरिनेछ । लिगमा पहिलो हुने र चौथो हुने टोलीबीच पहिलो सेमिफाइनल हुनेछ भने दोस्रो र तेस्रो हुनेबीच दोस्रो सेमिफाइनल हुनेछ ।

प्रकाशित मिति २०८१ साउन १७ गते बिहीबार १०:०९
हजुरको प्रतिक्रिया