२०८३ साउन २१ गते बिहीबार

एमालेले गर्‍याे प्रदेश इञ्चार्ज हेरफेर, गण्डकीको जिम्मेवारी किरण गुरुङलाई

एमालेले  गर्‍याे प्रदेश इञ्चार्ज हेरफेर, गण्डकीको जिम्मेवारी किरण गुरुङलाई

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन १७ गते बिहीबार ०८:२०

गण्डकीबाट कास्कीकी प्रभा बराल कास्की, तनहुँका केदार सिग्देल र बाग्लुङकी मञ्जु शर्मा चालिसे केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

पोखरा

नेकपा एमालेले प्रदेश इन्चार्ज हेरफेर गरेको छ । बिहीबार बसेको पार्टीको सचिवालय बैठकले सचिवद्वय पद्मा अर्याल र लेखराज भट्ट बाहेक अरु प्रदेश इन्चार्ज फेरबदल गरेको हो ।

पार्टी सचिव अर्याल लुम्बिनी र भट्ट सुदूरपश्चिम प्रदेश इन्चार्ज रहेका छन् । बाँकी प्रदेशमा नयाँ इन्चार्ज आएका छन् ।

कोशीमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा डा. राजन भट्टराई, गण्डकीमा किरण गुरुङ र कर्णालीमा गोरखबहादुर बोगटीलाई इञ्चार्ज तोकिएको हो ।

यसअघि कोशीमा रघुवीर महासेठ, मधेशमा योगेश भट्टराई, बागमतीमा गुरुप्रसाद बराल र गण्डकीमा गोकर्ण विष्ट इन्चार्ज थिए । बराल बढुवा भएर उपाध्यक्ष मनोनित भएकाले इन्चार्जको जिम्मेवारीबाट हटे ।

सचिव गोकर्ण, योगेश, रघुबीर र छबिलाल विश्वकर्माले भने चुनाव जितकाले दोहोरो जिम्मेवारी नदिने नीति अन्तर्गत इन्चार्जबाट हटेका हुन् ।

नेकपा एमालेका उपाध्यक्षमा गुरुप्रसाद बराल मनोनीत भएका छन् । सुवास नेम्वाङको निधनपछि रिक्त स्थानमा बराललाई मनोनीत गरिएको हो ।

सचिवालय बैठकले मुकुन्द न्यौपाने र लिला श्रेष्ठलाई स्थायी कमिटी सदस्य मनोनीत गरेको हो ।

एमालेले १७ जनालाई केन्द्रीय सदस्य मनोनित गरेको छ । गण्डकीबाट कास्कीकी प्रभा बराल कास्की, तनहुँका केदार सिग्देल र बाग्लुङकी मञ्जु शर्मा चालिसे केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

प्रकाशित मिति २०८१ साउन १७ गते बिहीबार ०८:२०

हजुरको प्रतिक्रिया