२०८३ असोज २३ गते शुक्रबार

रोटरी क्लब अफ पोखरा फिस्टेलद्वारा बृक्षरोपण

रोटरी क्लब अफ पोखरा फिस्टेलद्वारा बृक्षरोपण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन १८ गते शुक्रबार ०६:२३

मसला अगरहुड, कलकी फुल लगायत विभिन्न जातका पाँच सय विरुवा रोपिएको हो ।

पोखरा

रोटरी क्लब अफ पोखरा फिस्टेलको आयोजनामा पोखराको लामाचौंरस्थित पश्चिमान्चल इन्जिनियरिड.क्याम्पस र गण्डकी वोर्डिङ स्कुलमा बिहीबार वृक्षरोपण गरिएको छ ।

दुुबै स्थानमा गरि अमला, मेवा, क्युँ काफल,सीतल चिनी, पैयुँ, बर्रो, अशोका, मसला अगरहुड, कलकी फुल लगायत विभिन्न जातका पाँच सय विरुवा रोपिएको हो ।

रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का रोटरी इयर २०२४–२५ का डिष्ट्रक गभर्नर इलेक्ट विनोद कोइरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो ।

कोइरालाले रोटरी क्लवको वार्षिक कार्ययोजना अनुसार हुने गरेको बृक्षारोपण कार्य आगामी वर्षमा पनि निरन्तर हुने भएको बताउँदै रोपण गरिएका विरुवाको संरक्षण महत्वपूर्ण रहेको बताए ।

प्रकाशित मिति २०८१ साउन १८ गते शुक्रबार ०६:२३
हजुरको प्रतिक्रिया