२०८३ साउन २१ गते बिहीबार

पीएसएलको कुनैपनि टोलीले नेपाली क्रिकेटर अनुवन्ध गरेनन्

पीएसएलको कुनैपनि टोलीले नेपाली क्रिकेटर अनुवन्ध गरेनन्

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ पुस २७ गते सोमबार १२:४९

पोखरा । पाकिस्तान सुपर लिग (पीएसएल) का कुनै पनि फ्रेन्चाइज टिमले नेपाली खेलाडीलाई अनुबन्ध गरेनन् । लेग स्पीनर सन्दीप लामिछाने, कप्तान ज्ञानेन्द्र मल्ल, पूर्व कप्तान पारस खड्कासहित १० नेपाली खेलाडी पीएसएलको ड्राफ्टमा समावेश भएका...

पोखरा । पाकिस्तान सुपर लिग (पीएसएल) का कुनै पनि फ्रेन्चाइज टिमले नेपाली खेलाडीलाई अनुबन्ध गरेनन् । लेग स्पीनर सन्दीप लामिछाने, कप्तान ज्ञानेन्द्र मल्ल, पूर्व कप्तान पारस खड्कासहित १० नेपाली खेलाडी पीएसएलको ड्राफ्टमा समावेश भएका थिए ।

सन्दीप सबैभन्दा महँगो क्याटेगोरी प्लाटिनमा थिए भने अरु ९ खेलाडी सिल्भर क्याटेगोरीमा थिए । तर आइतबार लाहोरमा भएको ड्राफ्टमा कुनै पनि फ्रेन्चाइजले नेपाली खेलाडीलाई रोजेनन् ।

सन्दीप समावेश प्लाटिनम क्याटेगोरीबाट क्रिस गेल, रासिद खान, क्रिस लिन, डेविड मिल्लर टम ब्यान्टम जस्ता खेलाडी पीएसलमा छनोट भएका छन् ।ड्राफ्टमा नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्ल र अलराउण्डर पारस खड्का सहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, करण केसी, कुशल मल्ल, अभिनाष बोहोरा, पवन सरार्फ, सुवास खकुरेल र आसिफ शेख सिल्भर क्याटेगोरीमा समावेश थिए ।

हरेक टिमले कम्तीमा १६ र बढीमा १८ खेलाडी राखेका छन्, तर नेपाली खेलाडीहरू त्यसमा परेनन् । पीएसएल २०२१ फेब्रुअरी २० देखि २२ मार्च सम्म लाहोर र कराँचीमा हुनेछ ।

प्रकाशित मिति २०७७ पुस २७ गते सोमबार १२:४९
हजुरको प्रतिक्रिया