२०८३ साउन २१ गते बिहीबार

काभा नेसन्स वुमन्स लिग : नेपालले आज माल्दिभ्ससँग खेल्दै

काभा नेसन्स वुमन्स लिग : नेपालले आज माल्दिभ्ससँग खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन २१ गते सोमबार १०:२२

नेपाल, भारत, इरान र श्रीलंका सेमिफाइनलमा पुगिसकेका छन् , माल्दिभ्स भने एक खेल बाँकी छँदै प्रतियोगिताबाट बाहिरिसकेको छ ।

पोखरा ।

काभा नेसन्स वुमन्स लिग अन्तर्गत आज लिग चरणका दुई खेल हुँदै छन् ।

समूह चरणको अन्तिम खेलमा आज नेपालले माल्दिभ्ससँग खेल्दैछ । नेपाल र माल्दिभ्सबीचको खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा दिउँसो सवा ३ बजे सुरु हुनेछ ।

त्यस्तै आजै हुने पहिलो खेलमा दिउँसो १ बजे भारत र श्रीलंका भिड्दै छन् ।

दुवै खेलपछि मात्रै सेमिफाइलनमा कससँग कसको प्रतिस्पर्धा भन्ने टुंगो लाग्नेछ ।

नेपाल, भारत, इरान र श्रीलंका सेमिफाइनलमा पुगिसकेका छन् , माल्दिभ्स भने एक खेल बाँकी छँदै प्रतियोगिताबाट बाहिरिसकेको छ ।

लिग चरणका चारै खेल खेलिसकेको इरानको सात अंक छ । त्यस्तै, तीन खेल खेलेको भारतको पनि सात अंक छ ।

तीन खेल खेलेको नेपालको ६ अंक छ भने श्रीलंकाको चार अंक छ। माल्दिभ्सले अंक जोड्न सकेको छैन ।

अंक तालिकाको शीर्षस्थानमा रहेको र चौथो स्थानको तथा दोस्रो र तेस्रो स्थानको टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति २०८१ साउन २१ गते सोमबार १०:२२
हजुरको प्रतिक्रिया